विद्यालयमा आधारित मनोपरामर्श तालिम सम्पन्न

- December 1, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काभ्रे जिल्लाका चन्देनी मन्डन, ज्याम्दी मन्डन र जैसीथोक मन्डनका १९ वटा सामुदायिक स्कुलका शिक्षक एवम् विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालित विद्यालयमा आधारित मनोपरामर्श तालिम सम्पन्न भएको छ । १३ दिनसम्म सञ्चालित उक्त कार्यक्रममा एकसय भन्दा बढी शिक्षक तथा ६ सयभन्दा बढी विद्यार्थीहरुलाई १ दिने मनोपरामर्श तालिम तथा मनोविमर्श सेवा प्रदान गरिएको थियो ।

कार्यक्रम जिल्ला शिक्षा कार्यालय काभ्रेको समन्वयमा इको हिमाल नेपालको आयोजनामा सञ्चालन भएको हो । मनोविद् गोपाल ढकालले तालिमलाई सहजीकरण गर्नुका साथै मनोपरामर्श सेवा प्रदान गरेका थिए । विद्यार्थी तथा शिक्षक शिक्षिकामा तनावजन्य समस्या, डर, चिन्ताको समस्या, मानसिक आघात, पढाइजन्य, भावनात्मक एवम् व्यवहारिक समस्या पाइएको मनोविद् ढकालले बताए ।

काभ्रे भू–कम्पबाट बढी प्रभावित जिल्ला मध्येको एक हो । तालिम समापनको अवसरमा आयोजित विशेष कार्यक्रममा काभ्रे जिल्लाका जिल्ला शिक्षा अधिकारी डा।दीपेन्द्र गुरुङ, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल, गा.वि.स. सचिव, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार लगायतका व्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो ।

तालिममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै जिल्ला शिक्षा अधिकारी डा। गुरुङले तालिममा सिकेका कुराहरु व्यवहारिक रुपमा प्रयोग गर्न शिक्षकहरुलाई सुझाव दिए । साथै उहाँले यस कार्यक्रमले शिक्षक एवम् विद्यार्थीहरुको मनोसामाजिक सु–स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकोले यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने बताउनु भयो । र यसको लागि आफूले सक्दो पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!