सिन्धुपाल्चोकमा अपेक्षाभन्दा बढी उत्पादीत

- December 1, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक ।  भूकम्पको चोट विर्सदै किसानहरु खेतीमा फर्केपछि यस वर्ष भने जिल्लाभर धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा यो वर्ष उल्लेख्य धान उत्पादन  भएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभर ३३ हजार ५ सय ७२ मेट्रीक धान उत्पादन भएको छ । गत सालको तुलनामा यसवर्ष ७ हजार ५ सय मेट्रीक टन भन्दा बढी धान उत्पादन भएको बालि विज्ञ हेमराज शर्मा तिवारी बताउछन । यसवर्ष कृषि  कार्यालय र अन्य सघसस्थाहरुले गरी ७० मेट्रीक बीउ कृषकलाई वितरण गरिएको थियो ।कृषकलाई उन्नत बीउ र समयमा नै मल उपलब्ध गराउदा यसवर्ष धान उत्पादन बढेको  कृषि विकास कार्यालयले अनुमान लगाएको छ ।

‘भूकम्पले क्षतिग्रस्त पारेका सिचाइ पुर्वाधार मर्मत सम्भार र खेती अनुकुल हुदा धान उत्पादन बढ्को हो ।’ कृषि विकास अधिकृत हिक्मतबहादुर श्रेष्ठले भने ‘बीउ र मल समयमा नै पाए पुर्वाधार भएपछि उत्पादन वृद्धी भयो ।’ उनले वातावरण सहज र अनुकुल भएकाले धान अनुमान भन्दा बढी उत्पादन भएको जानकारी दिए । जिल्लाभर मुख्यगरी मकावनपुर १जातको धान खेती हुने गरेको छ । जिल्लामा ६० प्रतिशत मकावनपुर १ पछि अन्य खुमलटार, राधा ४, हर्दिनाथ र हाइब्रिड जातका धान खेति हुने गरेको छ ।

कृषि विकास कार्यालयका अनुसार गतवर्ष ९ हजार ९ सय ११ हेक्टर जमिनमा धान खेती भएकोमा आहिले ११ हजार ९ सय ९० हेक्टरमा धान खेती गरिएको छ । भूकम्पपछि २ हजार रेक्टर जमिन बाझै बसेको थियो । गत वर्ष २६ हजार ४ सय मेट्रीक टन मात्रधान उत्पादन भएको थियो भने यो वर्ष ३३ हजार ५ सय ७२ मेट्रीक धान उत्पादन भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!