‘ओई झुम्की’ ल्याए भिमले (भिडियो)

- December 1, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । युवा लोकगायक भिम गुरुङको नयाँ गीति भिडियो ओई झुम्की सार्वजनिक भएको छ । क्रियटिभ थिएटर प्रा.लि.को प्रस्तुतिमा बनेको उक्त गीतमा गायक भिमलाई चर्चित गायिका पूर्णकला वि.सि.को स्वरले साथ दिएकी छिन् । निरजकुमा्ले संगितबद्ध गरेको उक्त गीतको भिडियोमा नयन सिंह र सामना गिरीले मोडलिङ गरेका छन् ।

विनोद सापकोटाको छायाँकन एवं प्रविण ढकालको सम्पादनमा बनेको उक्त म्यूजिक भिडियोको कोरियोग्राफर सागर लामा गोले हुन भने । भिडियोको निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन् । गुल्मी जिलको विसुखर्कमा जन्मिएका भिम विद्यार्थीकाल देखि नै विद्यालयमा हुने सांगितक कार्यक्रमहरु भाग लिने गर्दथे । उनको आफ्नै शब्द रचना र गायनमा तयार ओई झुम्की गीत÷भिडियो बजारमा आएसंगै उनको आत्मविश्वास बढेको बताउँछन् । उनको म्यूजिक भिडियोको प्रोमो यस्तो छ …


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!