चीनको सिगात्सेमा अलपत्र दुई महिलाको उद्धार

- November 29, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक ।  चीनको सिगात्से क्षेत्रमा अलपत्र भएर बसेकी दुइ नेपाली महिलालाई उद्धार गरिएको छ । चीनको स्थानिय प्रशासन अध्यागमन मार्फत नेपालको सिमाको सिन्धुपाल्चोकको तातोपानाी स्थित सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षामा फुल्पिङकट्टी २ की सरिता शेर्पा र दोलखा ७ की ३२ वर्षिया लाङडोल्मा शेर्पाको उद्धार गरि घर फर्काइएको हो ।
डेढ वर्षपछि आफ्नो भुमिमा टेक्न पाएकी उनीहरु सिगात्सेबाट अनेक आग्रह गरेर मात्रै नेपाल फर्किन पाएको गुनासो गरेका छन् ।

सय भन्दा बढी कामदार सिगात्से व्यापारिक  केन्द्रमा कार्यारत भएको उनीहरुको अनुमान छ । ‘यसरी फर्किन पाइन्छजस्तो लागेको थिएन ।’ डेढवर्षपछि पति दाङनोर्वु शेर्पासग भेटिसकेपछि सरिताले भनिन, ‘आज बल्ल घर फर्कने इच्छा पुरा भयो ।’ उनीले चीनको खासामा अरुको पसलमा सरसफाइको काममा आफुलाई लगाइएको  घर फर्कन इच्छा हुदाहुदै बाध्यताले सिगात्सेमा काम गर्नुपरेको सकस बताइन ।

‘सम्पर्क गर्न केही थिएन, चिनमा कस्ले के बुझ्ने’ शेर्पाले खुशी प्रकट गरिन ‘म मात्र होइन सयौ अझै बाध्यताले काममा पिल्सीरहन बाध्य बनेर काम गरिरहेका छन ।’ धेरैसमय उनलाई अध्यागमन प्रक्रियाबारेमा केही थाहा थिएन । धेरैपल्ट अलिअलि नेपाली बुझ्ने चिनिया अध्यागमन कार्यालयका प्रमुखहरुलाई आग्रह गरेपछि भूकम्प गएको झण्डै डेढ वर्षपछि आफ्नै घर फर्किएको उनी बताउछिन ।

दोलखा फर्किसकेकी ३२ वर्षिया लाङडोल्मा शेर्पाको खुशीको सिमा छैन । मितेरी पुल कटिसकेपछि उनी घर पुगेजस्तै खुब उत्साहित भएकी थिइन । सिमा सशस्त्र प्रहरी र नेपाल प्रहरी को टोलीलाई धन्यवाद दिइन । मध्यान्ह समयमा नेपाल टेकेकी उनीको काम सरितासगै चिनियाको पसलको समान बोक्ने काम गरेको बताउछिन । भूकम्पपछि चीनको खासा, कुतीलगायतका विभिन्न संरचना तहसनहस भएपछि पुननिर्माणको लागि सिगात्से व्यापारीक केन्द्र लगिएका धेरै नेपालीमध्ये दोलखा, रामेछाप, धादिङ, सोलखुम्बु, नेपालगन्ज, काभ्रे, नुवाकोटदेखि सिमाक्षेत्रका गरी  भूकम्प लगत्तै सीमाक्षेत्रका सबै संरचना तहसनहस हुन थालेपछि लगायत चीनको खासामा बसिरहेका ६७ नेपाली इलाका प्रहरी र सिमा सशस्त्र प्रहरीको सुरक्षामा नेपाल फर्किएका थिए ।

अहिले दुइ महिलाको उद्धार गरिएको छ । ’ सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक विमल डागीले भने ‘फर्किएकाहरुले अझै धेरै नेपाली सिगात्सेमा अलमल्लिरहेको बताएका छन ।’ २०७३ साल असोज २९ गते देखि कातिक ४ गतेसम्म चीन भ्रमणको नेतृत्व गरेका निमित प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर शिलवालका अनुसार  भूकम्पपछि पुननिर्माणको लागि सिगात्से व्यापारिक केन्द्रमा कार्यरत कामदार कुल ६ हजार भएको चिनियाँहरुले जानकारी दिएको बताउछन । ‘नेपाली यति छन भनेर कुनै निश्चित सुचना पाएनौ ।’

प्रजिअ शिलवालले भने ‘धेरै क्षेत्रमा नेपालीलाई रोजगार दिएर त्यही बमोजिम ज्याला दिएको छ ।’ प्रशासन र अध्यागमन टोली पाचदिने चिनभ्रमणमा पुगेको थियो ।त्यहाको अवस्थाबारे बुझ्दै टोलीले तातोपानी नाका खोल्न पहल गरेको थियो ।
कुल कति नेपालीहरु चिनमा छन र कोही अध्यागमनको समस्या लिएर अड्कीएको थाहा नभएको महावाणिज्यदुत गोविन्दबहादुर कार्की बताउछन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!