मध्यभोटेकोशी आयोजनमा प्रमुख लामाद्वारा सरकारी ऐनको बेवास्था :गिटीबालुबा अनेत्र बिक्री

- November 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
सिन्धुपाल्चोक । एक गैरसरकारी निकायबाट जलविद्युत उत्पादन गर्ने स्वीकृति पाएको मध्यभोटेकोसी आयोजनाका प्रमुखले सरकारी नीति नियमकै बेवास्ता गरेर गिटी बालुबा अरुलाई नै बिक्री गरेको खुलसा भएको छ । सो आयोजनाका प्रमुख सुनीलकुमार लामाले भोटेकोशी जलविद्युत निमार्णकालागि आबश्यक गिटी बालुबा उत्पादन गर्ने भन्दै विनादर्ता सञ्चालनमा रहेको क्रसरबाट मंहगो मुल्यमा गिटीबालुबा बिक्री गरेको स्थानीय बासिन्दाले जनाएका छन् ।

एकतर्फ अबैधरुपमा सञ्चालन भएको सो क्रसर उद्योगको सबै विवरण पेशगर्न जिल्ला प्रशासन र जिल्ला विकास समितिले आयोजना प्रमुख लामालाई निर्देशन दिदा समेत बेबास्ता गरि गिटीबालुबा उत्पादन गरेपछि बाध्य भएर जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले बन्द गरेको थियो । आयोजनाले उद्योग सञ्चालन गर्दा लिनुपर्ने कुनै पनि कानुनि प्रक्रिया नअपनाइ विना इजाजत अबैध रुपमा  सञ्चालन  गरेपछि प्रशासनले रोक लगाएको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताए ।

प्रजिअ सिलवालले भने,‘आयोजनाले नियमअनुसार कुनै दर्ता गरे नगरेको बारे आफ्नो सवै विवरण उपलब्ध गराउनु भनेको तर आयोजनाले वातावरणीय बारेको मात्र विवरण पेश गरेको अरु दर्ता नै नगरेको भेटिएपछि उद्योग बन्द गरेको हो ।’ उनका अनुसार अहिले सो उद्योग पूर्णरुपमा बन्द गर्नका लागि उद्योग विभागमा समेत पत्र पठाएको बताए ।  सो सम्बन्धमा पटक/पटक आयोजना प्रमुख लामालाई फोन सम्र्पक गर्दा उनले फोन उठाएनन् । आयोजनाले अबैध रुपमा क्रसर उद्योग सञ्चालन गरेपछि स्थानीयहरु त्यसको व्यापक विरोधमा उत्रिएका थिए  । स्थानीयले विरोध गरेपछि जिप्रकाले त्यसको अनुगमन गर्दै क्रसर सञ्चालन नगर्न आयोजना प्रमुख लामालाइ अल्टिमेटम दिएपनि सो अल्टिमेटमको कुनै चासो नराखी उद्योग सञ्चालन गरेका थिए ।

लामाले अबैधरुपमै क्रसर चलाउन बारम्बार प्रमुख जिल्ला अधिकारी सिलवाललाइ भेट्न सदरमुकाम चौतारा धाई रहेका छन् । लामाले चाइनिज ठेकेदारले चलाएको दोष देखाउदै आएपनि प्रशासनले लामालाई  अनुमति इजाजत प्रमाण पेश गर्न भन्दै पटकपटक माग गरे पनि उनी सो प्रमाण पेश गर्नेभन्दा पनि अबैधरुपमा उद्योग सञ्चालन गर्ने योजनाका साथ अघि बढेका आरोप स्थानियको रहेको छ ।

लामाले कानुन बमोजिमको प्रमाण पेश नगरेका कारण जिल्ला  प्रशासन कार्यालय सिन्धुपाल्चोकले कारर्बाही अगाडि बढाएको प्रजिअ सिलवालले बताए । अनुगमन पछि अबैध क्रसर बन्द गर्न प्रशासनले दिएको निर्देशनलाई उल्टाउन आयोजना प्रमुख लामाले सिडियोलाइ विभिन्न खालको आर्थिक देखि राजनीतिक कसरत समेत लगाएका छन् । गत साउन महिनादेखि आयोजनाले अबैधानीक तरिकाले सञ्चालन गरेको क्रसर चालाउदै आएको थियो ।  सबै प्राबधान विद्युत विकास विभागसँग सोधे तर विभागले भन्यो क्रसर चलाउन कुनै पनि आयोजनालाई अनुमति दिने गरेको छैन । इआइ गर्दा उनिहरुले वातावरणको प्रदुषणलाइ ख्याल गरेर मात्र सञ्चालन गर्न पाउने सम्झौतामा उल्लेख भएको विद्युत विकासको भनाइ रहेको छ ।

प्रशासन कार्यालयले आधिकारीक लिखित पत्र विद्युत विकास विभागलाइ लेखेको छ । विभागले हामीले पठाएको पत्रको आधारमा कारवाहि गर्न लिखित पत्र आएपछि हुने प्रजिअ  सिलवालले बताए ।  उद्योग सञ्चालन गर्दा वातावरणीय असर र स्थानीयको जनजीवनमा असर गर्ने गरि सञ्चालन गर्न नपाइने प्रावधान छ ।
सरकारी मापदण्ड विपरित कानुको पालना नगरि जिल्लामा  जुनसुकै  उद्योग तथा विभिन्न व्यवसाय सञ्चालन गरे आफुले कानुन बमोजिम कारवाही गर्ने बताए ।
क्रसर उद्योग मापदण्ड अनुसार नदि उत्खन्नको काम सरकारको पछिल्लो नियममा बन जङ्गल मोटरबाटो खोतियोग्य जमिन र बस्तीबाट एकहजार मिटर आसपासमा क्रसर सञ्चालन गर्न नपाउने र सञ्चालनमा ल्याए कारबाहि गरिने उल्लेख छ । जलविद्युत आयोजना  प्रमुख लामाले अबैध ढङ्गले  क्रसर सञ्चालन नगरेको र आफुसंग सवै कागजात भएको बताउदै हिडेका छन् तर उनले अहिले सम्म प्रशासनमा आधिकारीक प्रमाण भने पेश गरेका छैनन  जिल्ला विकास समिति मार्फत दहत्तरबहत्तर अनुसार दर्तानै नगरी क्रसर सञ्चालन गरेको हो । आयोजनाका प्रमुख लामाले इआई मार्फत उद्योग मन्त्रालयको अनुमति लिएर क्रसर संचालन गरेको दावी गर्दै आएका छन् । आयोजना प्रमुख लामाले प्रमाण पेश नगरेका कारण कारर्वाही अगाडी बढाई सकेको प्रजिअ सिलवालले बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!