ग्रामिण विकास केन्द्रका अध्यक्षले गरे बालबिवाह, युनिसेफका कर्मचारीले दिए खामबन्दी गर्दाे

- November 25, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गौर । बालबिवाहको क्षेत्रमा वकालत पैरबी गर्ने एक गैर सरकारी संस्थाको अध्यक्षले नै बालबिवाह गरेका छन् । रौतहट जिल्लामा ख्याती कमाएका ग्रामिण विकास केन्द्र नेपाल लौकाहाका अध्यक्ष पारस हुसैनले बालबिवाह गरेका छन् ।

हुसैनले आफ्नो १६ बर्षिय छोरीको यहि मंसिर ०४ गते बिहे गरेका छन् । बालबिवाह कानुनी अपराध रहेको तथा बालबिवाहको रोकथामको लागि करोडौं लगानी गर्ने युनिसेफ नेपालका कर्मचारी समेत सो बिबाहमा संलग्न भई खाम भित्र पैसा राखी गिफ्ट दिएका थिए ।

बालबिवाहलाई बढावा दिनेमा युनिसेफ नेपालका  कर्मचारीहरु, विश्व शिक्षाका कर्मचारीहरु, अक्सफामका कर्मचारीहरु तथा खानेपानीका क्षेत्रमा कार्यरत अन्र्तराष्ट्रिय गैससका प्रतिनिधिहरु रहेका थिए । हुसैन जस्तैका कारण रौतहटमा बालबिवाहको रोकथामको लागि करोडौं लगानि भएपनि बालुवामा पानी हालेको जस्तै सो रकम खेर भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!