राईले अनियमितता गरेको भन्दै नयाँ निर्माता संघ गठन

- November 24, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । राजकुमार राई नेतृत्वको चलचित्र निर्माता संघले चलचित्र निर्माता संघलाई नविकरण नगरेको र नेपाल चलचित्र निर्माता संघको भवन निर्माण कोषको २३ लाख ८३ हजार रुपैयाँ र सदस्यता वापतको करिब ८ लाख रुपैयाँ हिनामीना गरेको भन्दै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ गठन गरिएको थियो ।

कार्यक्रममा बोल्दै, निर्माता संघका अध्यक्ष नवल खड्काले भने, राजकुमार राई र म बिचमा व्याक्तिगत कुनै दुश्मनी छैन । कुनै राजनीति पार्टीले अभिप्रेरित गरेको कारणले चलचित्र निर्माता संघ फुटाईएको पनि हैन । निर्माता संघ न राजकुमार राईको मात्र हो, न नवल खड्काको मात्र हो ? सम्पुर्ण चलचित्र निर्माताहरुको साझा संस्थालाई नविकरण नगरी धरायसी बनाईएकोले नयाँ चलचित्र निर्माता संघ गठन गर्नु परेको हो । कुनै पदको लागी नयाँ चलचित्र निर्माता संघ गठन गरिएको हैन । यदी राजकुमार राईको नेतृत्व नेपाल चलचित्र संघले नविकरण र भवन निर्माण कोषको रकमलाई सदुपयोग गरिएको खण्डमा आज पनि हामी उहाँहरु संग हामी सहकार्य गर्न तयार छौ । तर उहाँहरुले हाम्रो कुरालाई वेवास्ता गरी मनोमानी ढंगले अगाडी बढ्न खोज्दा आजको यो स्थिती आएको हो । बग्ने पानीलाई खाल्डोमा कतिन्जेल थुनेर राख्न सकिन्छ र ? खाल्डो भरिएपछि पानीले पर्खाल भत्काएर बग्छ नै, त्यहि भएको हो आज ।

चलचित्र विकास वोर्डलाई ध्वस्त, तहस(नहस बनाईयो । एकपटक चलचित्र निर्माता संघ तातिएको थियो । तर बलेको आगोलाई झिल्का पनि नरहने गरी निभाईयो । आज हामी त्यहि जलेर नष्ट भएको खरानीमा झिल्को खोज्दै छौ र त्यो भेटिएको पनि छ । अब यो झिल्कोलाई निभाउने, हावा लगाउने प्रयास गरियो भने डढेलो लाग्ने छ । चलचित्र विकास बोर्ड गठन गरिएको यतिका बर्ष सम्म नेपाली चलचित्र निर्माता संघको हितमा के काम भयो त रु भनेर प्रश्न पनि गरे ?

अपवादको रुपमा केहि चलचित्रहरुले कमाए होलान् । तर अधिकांश निर्माताहरुको लगानी डुब्नुको कारण के हो त रु एउटा टेबलको त विमा गर्न सकिन्छ भने लाखौ करडौ लगानी गरेर बनाइएको चलचित्रको विमा किन भएन रु यसर्थ, हाम्रो माग भनेको, फिल्मी प्रोजेक्ट विमा,पाईरेसि रोकथाम,बजार विस्तार, फिल्मी सीटी, व्यवस्थित प्रदर्शन,सर्भर चार्ज, शेयरको बाँडफाँड,बक्स अफिस लगायत अन्य रहेको छ । बक्स अफिस हामी बढिमा ६ महिना भित्र लागू गरि सक्ने छौं भने ।

चलचित्र निर्माता संघको वैधानिकताको सम्बन्धमा, मनोज श्रेष्ठले भने, कम्पनी ऐन २०६३ अनुसार दर्ता भएको हुनाले, यसको पछाडी प्राली नलेखिएको हो । कम्पनी १० किसिमको दर्ता गर्न सकिन्छ, यसै अन्तर्गत,मुनाफा वितरण नगर्ने, कम्पनी अन्तर्गत दर्ता गरिएको कारण यसको पछाडी प्राली नराखिएको हो ।

यस्तै चलचित्र संघका अर्का वक्ताले, चिया बेच्ने मान्छेको, दिनभरी चिया बेचेको हिसाबकिताब बेलुका गर्छ, तर लाखौ करडौ लगानी गर्ने चलचित्र निर्माताहरुको हिसाबकिताब खै रु कसले गर्छ हिसाबकिताब रु कुन चलचित्र, कुन हलमा लागीरहेको छ ? कतिवटा टिकट बिक्री भयो रु कति नाफा वा कति घाटा भयो रु कहाँ छ हिसाबकिताब रु यसर्थ निर्माताहरु घाटमा गईरहेको हुदा, राजकुमार राई नेतृत्वको निर्माता संघले वेवास्ता गरेकोले हामी अर्को निर्माता संघ गठन गर्न बाध्य भएका हौँ भने । म जति नवल संग नजिक छु त्यति नै राजकुमार जी संग पनि नजिक छु । तर यो व्याक्तिगत नभई संस्थागत हिसाबले आज हामी अगाडि बढेका छौं भने । कमिसन खाएर, बिदेशी चलचित्र प्रदर्शन गर्ने परम्पराको पनि बिरोध गरिएको थियो । कार्यक्रममा सुस्मिता केसी र लय संग्रौलाले पनि आ-आफ्नो धारणा राखेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!