विद्यालयको भौतिक संरचना गुणस्तरहिन बनिरहेको भन्दै बिरोध

- November 18, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-चिसाङ्ग शेर्पा
खोटाङ्ग / नेकपा माओबादी केन्द्र निकट अनेरास्वबियु क्रान्तीकारी खोटाङले विद्यालयको भौतिक संरचना गुणस्तरहिन बनिरहेको भन्दै बिरोध जनाएको छ । ठूला लागतका ४ कोठे तथा ८ कोठे लगायतका भौतिक पुर्वाधार निर्धारित समयमा पूरा हुन नसकेको र बनाइएका संरचना पनि गुणस्तरहिन भएको भन्दै अखिल क्रान्तीकारीले बिरोध जनाएको हो । निर्माणाधिन विद्यालय भवनको गुणस्तरका बिषयमा प्रश्न उठाउँदै अखिल क्रान्तीकारीले निर्माणमा ढिलाइ भइरहेका भवनलाई गुणस्तरिय तरिकाले पूरा गर्न जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको छ ।

बुधबार जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाउँदै क्रान्तीकारीले शिक्षाबाट वितरित भौतिक पुर्वाधारको निर्माणमा भइरहेको ढिलाई र गुणस्तरहिन संरचना निर्माणले शिक्षा क्षेत्रको बदनाम भएकाले तत्काल अनुगमन गरी योजना पूरा गराउन र फरफारक गर्न जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको ध्यानाकर्षण गराएका हुन् ।

ठूला लागतका भवन जिम्मा लिने विद्यालयले आर्थिक अनियमितता र हेलचक्र्याँईका कारण निर्धारित समयमा भौतिक संरचना निर्माण गर्न नसकेको र कमजोर गुणस्तरका काम गरेको विद्यार्थी संगठनको दाबी छ ।

क्रान्तीकारीले विद्यालय नजाने र नपढाउने शिक्षकलाई कानूनी कारबाही गर्न, निशुल्क शिक्षालाई कार्यान्वयन गर्न, समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलव्ध गराउन, छात्रबृत्तिका बिषयमा अनुगमन गर्न लगायतका १४ बुँदे माग राखेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!