शिक्षकहरुको कार्यशैली बेलैमा सच्याउन यस्तो चेतावनी

- November 12, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-चिसाङ्ग शेर्पा
खोटाङ जिल्ला शिक्षा कार्यालय खोटाङले कार्यालय समय अगावै विद्यालय छाड्ने सदरमुकाम दिक्तेलस्थित सरस्वती माबिका शिक्षकलाई सचेत गराएको छ ।

निरिक्षणकाक्रममा आफ्नो कक्षा सकेपछि अधिकांश शिक्षक बिद्यालय छाडेर हिँड्ने गरेको पाइएकाले शिक्षा कार्यालयले सरस्वती माबिका शिक्षकलाई कार्यालय समयमा बिद्यालय नछाड्न सचेत गराएको हो । बिद्यालय निरिक्षण गरेको भोलीपल्टै बिहिबार पत्राचार गर्दै शिक्षा कार्यालयले आफ्नो घण्टी सके पनि बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालयमै रहेर काम गर्न सचेत गराइएको जनाएको छ ।

विद्यालय निरिक्षणकाक्रममा सरस्वती माबिका प्राबि तहका शिक्षकले दिउँसोको तीन नबज्दै बिद्यालय छाड्ने गरेको पाइएको शिक्षाले जनाएको छ । पत्र पठाएकै मितिबाट आफ्नो कक्षा सक्ने बित्तिकै बिद्यालय छाड्ने प्रबृत्ति रोक्न र खाली घण्टीको समयमा अन्य कक्षा शिक्षणकालागि योजना निर्माण गर्न, गृहकार्य परिक्षण तथा शैक्षिक सामग्री निर्माणमा समय सदुपयोग गर्न शिक्षकलाई सुझाव दिइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।

यस्तै, जिल्ला शिक्षा कार्यालयले युवा वर्ष प्राबिलाई महिना दिनभित्र बिद्यार्थीको संख्या बढाउन सचेत गराएको छ । बिहिबार गरिएको बिद्यालय निरिक्षणकाक्रममा ४ शिक्षक  ८ बिद्यार्थी मात्र भेटिएकाले कार्यालय फर्किए लगत्तै विद्यार्थीको संख्या बढाउन युवा वर्षलाई सचेत गराइएको जिल्ला शिक्षा अधिकारी नेपालले बताउनुभयो । यसैगरी, शिक्षाले दिक्तेलस्थित आदर्श शिक्षा सदन इंलिस बोर्डिङ स्कुललाई पनि महिना दिनभित्र भौतिक अवस्थामा सुधार गर्न सचेत गराएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!