राष्ट्रिय युवा जनस्वयंसेबकद्वारा सहर सफाई र भ्रष्टचारी सफाई कार्यक्रम

- November 10, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओबादी) को भातृसंगठन राष्ट्रिय युवा जनस्वयंसेवकले देशमा बढ्दै गएको फोहोर र भ्रष्टचारको सफाई कार्यक्रम सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरि सो संगठनमा  अध्यक्ष झकबहादुर मल्लले देश र जनताको पक्षमा सेवकको रुपमा काम गर्नेक्रममा  एकै साथ सरसफाई र भ्रष्टचारको समेत सफाई कार्यक्रम तय गरेको बताए ।
सो सम्मेलनमा सत्ता स्वास्र्थकालागि विदेशी दलालमा लिप्त भएको र देशमा भ्रष्टचार, कालाबजारी, कमिशनले व्यापक रुप लिएको भन्दै अब सो रोक्नलाई हाम्रो युवा समुहले कारवाही अगाडि बढाउन लागेको अध्यक्ष मल्लले बताए । ‘राष्ट्रका लागि युवा’ अभियान सञ्चालन गरिएको समेत जनाएको छ । बिशेषगरि यो अभियानमा  काठमाडौं उपत्यका सफाई गर्ने कार्यमा केन्द्रीत हुने जनाएको छ । सो समुहले ट्राफिक जाम फुटपाथ व्यवस्थापन, सार्वजनिक तथा सरकारी सेवालाई सहज बनाउने कार्यक्रम रहेको सो समुहले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!