नर्सरी ब्यबस्थापन तालिम राजधानीमा सुरु

- November 10, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग, नेदरल्याण्डस्थित पमको प्राबिधिक सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा नर्सरी ब्यबस्थापन तालिम सुरु भएको छ । ५ दिन सम्म चल्ने यो तालिममा धरान, पोखरा, चितवन र काठमाडौंका गरि ३० जना  पुष्प ब्यवसायीको सहभागिता रहेको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालका पूर्व अध्यक्ष शुरेश भक्त श्रेष्ठले २५ बर्ष अधि स्थापना भएको फ्यानले संस्थापना कालदेखिनै बिभिन्न तालिमको आयोजना गर्दै आइरहेकोले अबका दिनमा भने स्तरीय तालिमको आबस्यकता रहेको बताए । यसैगरि, पुष्प विकास केन्द्रका प्रमुख  द्रोणराज काफ्लेले सुख र दुःख दुवै अबस्थामा प्रयोगमा आउने पुष्पखेतीको ब्यबस्थापन तालिमले ब्यबसायीलाई फाइदा पुग्ने बताउँदै यसको भरपुर फाइदा लिन तालिममा सहभागि ब्यबशायीलाई आग्रह गरे ।

img_5174
नेपाल सरकार कृषि मन्त्रालय कृषि ब्यवसाय प्रबद्र्धन शाखाका प्रमुख उपसचिब डा. रुद्रबहादुर श्रेष्ठले नर्सरी ब्यबस्थापनसँगै ब्यवसायीलाई ब्यबसायीक बनाउन तर्फ यो तालिमको लक्ष हुनुपर्ने बताए । ४ करोडको आयात गरिरहेको पुष्प ब्यवसायलाई आयात प्रतिस्थापन कसरी  गर्ने भन्ने तर्फ लाग्न आग्रह गर्दै श्रेष्ठले तालिम प्रमुख वीम भान केस्टरलाइ नेपाली ब्यबसायीले कहिले आफ्ना उत्पादन नेदरल्याण्ड निर्यात गर्न सक्छन त्यो तर्फ तालिम केन्द्रित गर्न आग्रह गरे ।
फ्लोरिकल्चर एसोशिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले यसपटक आयोजना गरेको तालिम यस अघि गरिएका तालिम भन्दा फरक रहेको बताउँदै यो तालिमबाट धेरै भन्दा धेरै फाइदा लिन आग्रह गरे । कार्यक्रममा ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधीहरुको पनि उपस्थिती थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!