डच पर्यटकको खोजीमा हेलिकप्टर

- November 6, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

म्याग्दी । धौलागिरि आधार शिविर क्षेत्रबाट हराएका एक पर्यटकको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ ।

म्याग्दीको मुदी गाविसमा पर्ने इटली क्याम्पबाट आधार शिविरतर्फ फर्कने क्रममा गत जेठमा हराएका नेदरल्यान्ड्सका ३५ वर्षीय क्रिस्टन विल्सनको खोजी गर्न आजदेखि हेलिकप्टर परिचालन गरिएको हो ।

नेपाली र नेदरल्यान्ड्सका १० उद्धारकर्मीसहित तालिमप्राप्त दुई कुकुर बेपत्ताको खोजीमा हेलिकप्टर मार्फत गएको जिप्रकाका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताउनुभयो ।

विल्सन गत जेठ ४ गतेदेखि सम्पर्कविहीन छन् । उनको खोजीमा श्री एयरको एउटा हेलिकप्टर प्रयोग भएको बताइएको छ । भौगोलिक रुपमा विकट उक्त क्षेत्रमा पैदल हिँडेर पुग्न धेरै समय लाग्ने भएकाले हेलिकप्टर मार्फत सम्भावित क्षेत्रमा खोजी गरिएको हो । बर्खायाम र प्रतिकूल मौसमका कारण रोकिएको खोजी मौसम सफा भएपछि पुन सुरु गरिएको हो ।

सम्पर्कविहीन भएकै दिन घरबाट फेसबुकमा आएको सन्देश हेरेका उनको खोजीका लागि सहयोग गरिदिन परिवारका सदस्यले सबैलाई आग्रह गरेका छन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!