गायिका सरस्वती भन्छिन् : सेक्सले सम्बन्ध गहिरो हुन्छ

- November 5, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

२०४६ सालमा सोलुखुम्बु जिल्लाको गार्मा ६ मा जन्मिएकी सरस्वती लामा नेपाली संगीत फाँटमा परिचित नाम हो । लगातार ८ बर्षसम्म निरन्तर संगीत सधनामा लागि परेकी लामाको सानैमा भने नृत्यमा सोख थियो ।

बाल्य अवस्थामा नृत्यमा खप्पिस लामाको एकाएक सोच गीत गाउनेमा परिणत भयो । करीब ८ बर्ष अगाढि संगीत गुरु निरास मगरसँग संगीत सिक्न सुरु गरेकी लामाले २ बर्ष अगाडी पहिलो गित (नभए हुन्छ) बोलको गित रेकोर्ड गराइन् । गीत लेखन, संगीत  र स्वरसमेत उनकै रहेको यो गीत त्यतिबेला मिडियामा चर्चित नै बनेको थियो ।

sarsotiगुरुदेब कामदबाट समेत संगीत सिकिरहेकी उनले केहि समयमै संगीतमा डिग्री गर्दैछिन् । हाल सम्म २ दर्जन भन्दा बढी गीतमा स्वर भरिसकेकी लामा केहि दिनमै आफ्नो नयाँ एल्बम (उर्बसी) बिमोचन गर्ने तयारीमा जुटेको बताउँछिन् ।

उर्बसी नामक एल्बममा समाबेस ६ वटा गीत मध्ये सम्भुजित बाँस्कोटा, बसन्त सापकोटा, गुरुदेव कामद लगाएत चर्चित संगीतकारको संगीत रहेको छ, भने नरेश भट्टराई, कृष्ण केसी, दिम्पल लिम्बु आदिको शब्द रहेको बताउछिन् । सेण्टिमेण्टल, तथा रक बीटमा आधरित उक्त गीतहरुको बिमोचन अगाबै देस तथा बिदेसमा माग भैरहेको तीव्रखबरलाई बताइन् ।

धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेको बताउने सरस्वतीले भबिस्यमा एउटा बृद्धाश्रम खोलेर समाजसेवा गर्ने योजना समेत सुनाइन् । सयौँ स्ट्रेज कार्यक्रमहरुमा सहभागी भैसकेकी उनी सेक्सले सम्बन्ध गहिरो हुन्छ भन्ने आशय राख्छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!