खोटाङ सेवा समाज यूकेद्दारा खोटाङलाई सात वटा एम्बूलेन्स

- November 5, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-चिसाङ्ग शेर्पा
खोटाङ्ग /खोटाङ सेवा समाज यूकेले खोटाङलाई सात वटा एम्बूलेन्स उपलव्ध गराउने भएको छ । सन् २००७ मा बेलायतमा स्थापना गरिएको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीमार्फत सञ्चालन हुनेगरी एम्बूलेन्स उपलव्ध गराउने जनाएको छ ।

खोटाङ सेवा समाज यूके एम्बूलेन्स समन्वय समितिका काठ्माण्डौं संयोजक जयकुमार राईले शुक्रबार स्थानीय शान्ति समितिको कार्यालयमा आयोजित सर्बदलीय बैठकमा सात एम्बूलेन्स दिने तयारी भइरकेको जानकारी दिनुभयो । चिसापानी, डाँडागाउँ र बाक्सिलाकालागि गत वर्ष नै एम्बूलेन्स खरिद गरेको समाजले यसपल्ट थप सिमपानी, निर्मलीडाँडा, बुईपा र ऐसेलुखर्ककालागि एम्बूलेन्स खरिद गर्न रकम संकलन भइरहेको जानकारी दिइएको छ ।

निस्वार्थ र सामाजिक सेवाभावले स्थापना गरिएको समाजले एम्बूलेन्स जुटाउनकालागि यूकेमा रत्नकुमार राईको संयोजकत्वमा एम्बूलेन्स समन्वय समिति गठन गरिएको थियो ।

समाजले जिल्ला अस्पताललाई एक थान अल्ट्रासाउण्ड समेत उपलव्ध गराउन लागेको राईले जानकारी दिनुभयो । बैठकमा एम्बूलेन्स सञ्चालनकालागि सडक तथा मर्मत गर्ने, अल्ट्रासाउण्डको नियमित अनुगमन गर्ने, जिल्लाको हरेक सार्वजनिक महत्वको बिषयमा सम्बन्धीत कार्यालयका प्रतिनिधिलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । सात एम्बूलेन्स तथा अल्ट्रासाउण्ड उपलव्ध गराउन लागेकामा खोटाङ सेवा समाज यूकेप्रति जिल्लाका राजनैतिक दलका नेताहरुले कृतज्ञता ज्ञापन गरेको छ ।

यस्तै, खोटाङ सेवा समाज दोहा कतारले समेत एम्बूलेन्स जुटाउन आर्थिक संकलन गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!