होलेसुङ–जनकराज राई गोल्ड कप’को प्रथम संस्करण सुरु

- October 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– चिसाङ्ग शेर्पा

खोटाङ्ग । खोटाङको दुर्छिममा ‘होलेसुङ–जनकराज राई गोल्ड कप’को प्रथम संस्करण सुरु भएको छ । स्थानीयको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’लाई स्थापित गराउने उद्धेश्यले साकेला सिली फुटबल क्लब दुर्छिम–३ को आयोजना बुधबारदेखि गोल्डकप सुरु गरिएको हो ।

स्थानीयकै पहलमा दुर्छिम–३ भञ्ज्याङमा निर्माणाधिन कृष्णराम राई रंगशालामा बुधबार खेलका प्रमुख प्रायोजक बनेका समाजसेबी जनकराज राईले फुटबल प्रतियोगीता उदघाटन गरेका थिए । आयोजक साकेला सिली फुटबल क्लब दुर्छिम–३ ‘ए’ र किरात सेवा समाज दुर्छिम–४ गणेशटारबीच भएको उद्घाटन खेलमा साकेला सिली फुटबल क्लब दुर्छिम–३ ‘ए’ बिजयी भएको छ ।

निर्धारित समयमा खेल बराबरीमा टुंगिएपछि ट्राइब्रेकरमा साकेला सिली फुटबल क्लब दुर्छिम–३ ‘ए’ले (६–५) गोल अन्तरले किरात सेवा समाजलाई हराएको हो । यस्तै, दोश्रो खेलमा जनज्योती क्ल्व दुर्छिम–६ कात्तिकेले किरात सेवा समाज दुर्छिम–४ गणेशटार ‘बी’ लाई (४–१) गोल अन्तरले हराएको आयोजक समितिका संयोजक कमल राईले बताए ।

आगामी शनिबार समापन हुने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले २० हजार, दोश्रो हुने टिमले १० हजार तथा सेमीफाईनलबाट बाहिरिने टिमले ५÷५ हजार प्राप्त गर्ने छन् । प्रतियोगीतामा खोटाङ र सोलुखुम्बुका १७ टिमले प्रतिष्पर्धा गरिरहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!