१९० केजीको घण्टा हलेसी महादेबस्थानमा राखियो

- October 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-चिसाङ्ग शेर्पा
खोटाङ्ग । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी महादेबस्थानमा १९० केजीको घण्टा राखिएको छ । नन्दकुमारी घिमिरे प्रतिष्ठान बुईपा–८ खिरीले त्रि–धार्मिकस्थल हलेसीमा ढलोटको बिशाल घण्टा स्थापना गरेको हो । खोटाङको बुईपा–८ खिरीका स्वर्गीय दम्पत्ती बमप्रसाद र नन्दकुमारी घिमिरेको नाममा ८ छोरा र ३ छोरीले संयुक्तरुपमा हलेसीमा घण्टी स्थापना गरेका हुन् ।

हलेसीको पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले स. बाबुआमाको नाममा मन्दीरमा घण्टी राखिएको प्रतिष्ठानका अध्यक्ष मोहनप्रसाद घिमिरेले बताए । कांग्रेस नेता नारायण खड्का र भारतीय राजदुत रञ्तीज रायले हलेसीमा दर्शन गरेको ४ दिनपछि प्रतिष्ठानले घण्टी स्थापना गरेको हो । घण्टी महादेबस्थान प्रबेश गर्ने द्धारको दायाँतर्फ राखिएको छ ।

घण्टी स्थापना कार्यक्रमकै लागि राप्रपा नेपाल खोटाङका अध्यक्ष दिक्तेलबाट हलेसी पुगेका छन् । धार्मिक तथा पर्यटकीयस्थल हलेसीको पर्यटन प्रबद्र्धनकैलागि कार्तिक ६ गते नेता खड्काको बन्दोबस्तमा राजदुत राय हलेसी आएर दर्शन एबं अवलोकन गरेर फर्किएको हलेसी बिकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!