डेढ महिनापछी नुनथलामा बल्यो बत्ती, सर्बसाधरणलाई राहत ।

- October 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-चिसाङ्ग शेर्पा
खोटाङ्ग । खोटाङ्गको पश्चिमी गाविस नुनथला – ८ मा डेढ महिनापछि विधुत बलेको छ । नयाँ ट्रासन्फर्मर जोडिएसंगै बत्ती बलेको हो । भदौको अन्तिम हप्ता घुमथलामा रहेको २५ वाटको ट्रान्सफर्मरबाट वडा नम्बर ८ मा आउने फेज बिग्रिएपछी ३५ घरधुरीका बासिन्दा अध्याँरोमा बस्न बाध्य भएका थिए ।

बस्तीदेखी टाढा तथा चट्याङ्गले बारम्बार विधुतिय ट्रान्सफर्मर बिगारिदिने समस्यावाट झेलिएका नुनथला आठका स्थानिय र विधुत प्राधिकरणको पहलमा १६ वाटको नयाँ ट्रान्सफर्मर नुनथला–९ मा राखेर जडान गरेपछि मंलवारदेखी बत्ती बल्न थालेको हो । बत्ती बलेसंगै दैनिकी सामान्य बन्न थालेको स्थानिय दोर्जे शेर्पाले बताउनुभयो ।

डेढ महिनापछी बिजुली बल्दा यसपालीको तिहार हर्षेाल्लासका साथमा मनाउन लागिएको उपभोतmा सोमप्रसाद तामाङ्गले बताए । चारवटा वडा बलिरहेको २५ वाटको ट्रान्सफर्मरवाट वडा नम्बर ८ मा आउने फेज नबन्नेगरी विग्रिएपछी त्यहाँका स्थानियहरु विगत लामो समय डेढ महिना अध्याँरोमा बस्न वाध्य हुन परेको थियो । भदौको अन्तिम हप्तावाट बिग्रिएको लाईन बलेपछी विधार्थी तथा स्थानियहरुलाई राहत मिलेको छ । २५० जनाभन्दा बढी विधुत उपभोतmाहरुले उपयोग गरीरहेको विधुत बनेपछी उज्याँलोमा बस्न पाउने अपेक्षा गरेको नुनथला आठका प्रतापसिं तामाङ्गले बताए ।

खोटाङ्गमा ३३ केभी प्रशारण लाइन बुईपा सब–स्टेशनमा जोडिएपनी भरसिलो रुपमा बत्ती आउने गरेको छैन । ३९ गाविसमा वलिरहेको केन्द्रिय प्रशारण लाईनमा वारम्बार समस्या हुदाँ उपभोतmाहरु ठगिने गरेको छ । तोकिएको समयभन्दा तथा सेड्युल अनुसार बत्ती आउने जाने टुङ्गो नहुँदा खोटाङ्गका अधिकांस सेवाग्राहीहरुले सित्तैमा विधुत महशुल तिर्नुपरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!