मेलम्चीको पानी काठमाडौं चाडो ल्याउन निर्देशनको चाङः काम कछुवा गतिमै

- October 24, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की……

काठमाडौं । उपत्यकाबासीको महत्वकाक्षि योजना मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न सरकारी मातहतका निकायबाट दैनिक जसो दिने निर्देशनको चाँङ नै लागेको छ । यसैक्रममा व्यवस्थापिका संसदको विकास समितिले २०७४ असोज भित्र उपत्यकामा जसरी भएपनि पानी उपलब्ध गराउन थप निर्देशन दिएसंगै अब कुन निकायले कति खेर निर्देशन दियो भन्ने समेत छुट्टाउन कठिन हुने अबस्था आई परेको छ । समितिको  बैठकले निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्न व्यवस्थापिकीय पक्ष, निर्माण औजार एवं दक्ष जनशक्तिलाई कुशलतापूर्वक परिचालन गर्न, हेडवक्स निर्माण, सुरुङ्ग निर्माण, पानी प्रशोधन केन्द्र निर्माणको कामलाई अझ बढी तदारुकताका साथ कार्य सम्पन्न गर्न समेत निर्दिष्ट गरेको हो ।
सरकारी निकायबाट जति निर्देशन आउछ त्यही अनुसार कमिशनको खेलसंगै कछुवा गतीमा भएको सो आयोजनाको काम अझ कहिले सम्पन्न हुने हो त्यो खुद आयोजना सञ्चालकलाई समेत निश्चित छैन । बैठकमा मेलम्ची खानेपानी आयोजना निर्माण सम्बन्धमा हालसम्मको कार्य प्रगतिको समीक्षा साथै शीघ्र निर्माण कार्य सम्पन्न गर्ने सम्बन्धमा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव र मेलम्ची खानेपानी आयोजनाका प्रमुखहरुसँग छलफल गरेको छ ।

समितिले आयोजनाको स्वामित्वमा रहेका जग्गाहरु अतिक्रमण हुन नदिन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देश गर्दछ । विकास समितिले मिति २०७१ साल पुस ४ गते गरेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अध्ययन भ्रमण पश्चात् सुरुङ्ग निर्माणको कार्य तथा उपत्यका भित्रपानी वितरण गर्ने संरचनानिर्माणको कार्यले गति लिएको पाएको जानकारी दिएको छ ।

आयोजना निर्माण गर्दाको प्रारम्भिक अवस्थामा प्रक्षेपित काठमाडौँ उपत्यकामा पानीको माग र हालको पानीको मागवीच ठूलो अन्तर छ । ‘मेलम्ची खोलाको पानीमा मात्र भर पर्ने हो भने उपलब्ध हुने पानीबाट उपत्यकाका लागि दीगो र दीर्घकालीन आवश्यकता पूरा नहुने निश्चित छ निणर्यमा भनिएको छ ‘आयोजना निर्माणको रुटमा पर्ने सम्भाब्य भनिएका याङ्ग्री र लार्के खोलाको पानी समेत ल्याउन आवश्यक पूर्वाधारहरुको निर्माण यथाशीघ्र गर्न, गराउन हालसम्म डिपीआर समेत तयार नभएकोले सो कार्य यथाशीघ्र गर्न, गराउन समिति पुन निर्देश गर्दछ।’

साथै यस फेज २ आयोजनालाई समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा राख्न तथा उपत्यका भित्र रहेका पानीका स्रोतहरुको उपभोग गर्ने कार्यलाई समेत अध्ययन गरी फेज २ मा समावेश गर्न समिति नेपाल सरकार, खानेपानीतथा सरसफाई मन्त्रालय, अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई निर्देश गर्दछ ।

सुरुङ निर्माणको क्रममा देखिएको कमजोर चट्टान वग्ने समस्यालाई र त्यसबाट हुन सक्ने ढिलाईलाई समेत गम्भीरतापूर्वक ध्यान दिन तथा कमजोर चट्टान भएको ठाउँमा रक सपोर्ट बेन्च तयार गर्ने कामलाई प्राथमिकता दिन निर्दिष्ट गरेको छ । समितिले आयोजनाबाट सञ्चालित सामाजिक उत्थान कार्यक्रमको प्रभाव मूल्याङ्कन गर्न, स्थानीय प्रभावितहरुको भौतिक तथा आर्थिक लाभ सम्बन्धी कार्यविधिरनिर्देशिका यथाशीघ्र तयार गर्न, गराउन एवं आयोजना स्थलसम्म पुग्ने सडकको तत्काल स्तरोन्नति गर्न भनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयको समन्वयमा मेलम्ची खानेपानी आयोजना ‘क’ र ‘ख’ दुबैको निकट भविष्यमा स्थलगत भ्रमण गर्ने निर्णय गरेको छ । साथै सो को व्यवस्थापन गर्न समेत समिति उल्लेखित मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देश गर्दछ ।

आयोजनाबाट उपलब्ध हुने खानेपानी वितरणको लागि मेलम्ची खानेपानी आयोजना ९ख० ले गर्ने पूर्वाधार विकासको काम ९विशेष गरी पाइप विच्छ्याउने० कामलाई तिब्रता दिन, पाइप विच्छ्याउने कार्यले गर्दा सडक सञ्चालनमा कठिनाई समेत देखिएकोले सडक सञ्चालनमारआवागमनमा न्यून असर गर्ने गरी काम गर्न, रातको समयमा समेत काम गर्न तथा पानी वितरणको पूर्वाधारलाई छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देश गर्दछ ।

निर्माण सम्बन्धमा जमिनमुनी गरिने कार्यहरु (ढल, पानीका पाइप तथा सुरुङ, अप्टिकल फाइवर, विद्युत तारलगायतका निर्माण कार्यहरु) को मापदण्ड, एकीकृत रुपमा संरक्षण गर्ने निकायको अभाव देखिएकोले जमिनमुनी गरिने निर्माण कार्य हेर्ने एउटा संयन्त्र तयार गर्न सरकार, प्रम कार्यालय र राष्ट्रिय योजना आयोगलाई निर्देश गर्दछ ।

उपत्यका भित्रको पानी वितरण प्रणालीलाई समयानुकूल स्तरोन्नति गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको संरचना तथा जनशक्तिलाई यथशीघ्र पुनरावलोकन गर्न, गराउन सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, खानेपानीतथा सरसफाई मन्त्रालय तथा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देश गर्दछ ।
आयोजनाले अहिलेसम्म ४ पटक भाका सारिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको स्थलगत अनुगमन गर्दै २०७४ को नयाँ वर्षको सुरुवातमै काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने बताएका थिए । तर, मेलम्ची खानेपानी आयोजनाले कुनै भैपरी नआएमा काठमाडौंबासीले २०७४ असोज महिनाभित्र मेलम्चीको पानी पिउन पाउने झिनो आसा भने पलाएको  छ ।
२०१६ को सेप्टेबरमा काम समाप्त हुनुपर्ने अन्तिम समयलाई पुनः थप गर्दै आगामी असोज महिना भित्रमा पानी वितरण गर्ने आयोजनाले जनाएको छ । आयोजनका कार्यकारी निर्देशक इन्जिनियर घनश्याम भट्टराइले सो कुरा बताएका हुन् । आयोजनाको सुरुङ निर्माण कार्य अब ९ किलोमिटर मात्र बाँकी रहेको र यसको निर्माण सम्पन्न २०७४ असोजसम्म हुने भट्टराइले बताए ।

‘आर्थिक वर्ष २०७३/७४ भित्रमा आयोजनाले हेडवक्र्स तथा सुरुङ निर्माण सम्पन्न गर्छ,’ भट्टराईले भने, ‘अहिलेसम्म आयोजनाले मोटामोटी ७५ प्रतिशत काम सम्पन्न गरेको छ ।’आयोजनको काम सन् २००१ बाट सुरु भई २००७ भित्र सम्पन्न गर्ने भनिए पनि अस्थिर राजनैतिक अवस्था र ठेकेदारको लापरबाहीलाई कारण देखाउँदै एक दश ढिला भइसकेको छ ।

आयोजनले बाँकी रहेको ६० हजार घनमिटरको ओपनकट तथा रक सपोर्ट कार्यपनि सम्पन्न गरी हेडवर्क्स डाईभर्जन सञ्चालनमा ल्याउने जनाएको छ । पानी प्रशोधन केन्द्र भाग दुईका लागि पनि परामर्शदाता छनौट भइसकेकाले निर्माण व्यावसायीको छनौट समेत गर्ने भट्टराइले जानकारी दिए ।

यसैगरी चालु आर्थिक वर्ष २०७३/७४ भित्रै पानी प्रशोधन केन्द्र भाग एकको ८५ करोड लिटर लिटर क्षमता केन्द्र निर्माणमा बाँकी रहेको १० प्रतिशत काम पनि सम्पन्न गर्ने आयोजनाले दाबी गरेको छ । विभिन्न समस्या हुँदा हुँदै पनि आयोजनले २०७४ असारसम्म सुरुङ निर्माण सम्पन्न गर्दै असोजसम्ममा पानी वितरण गर्ने प्रतिवद्धता जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!