किराँत संग्राहलय निर्माणका लागी ‘रिब्दुङ सांगीतिक साँझ’ हुने

- October 23, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-चिसाङ्ग शेर्पा
खोटाङ्ग । किराँत समुदायको ऐतिहाँसिक थलो मानिएको खोटाङको उत्तरी गाबिस रिब्दुङ महेश्वरीमा किरात संग्राहलय निर्माण हुने भएको छ ।

किराँती जातिको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक सामाग्री, धार्मिक सामाग्री, सांस्कृतिक सामग्री, भेषभुषा, गरगहना लगायतका बहुमुल्य सम्पदालाई संकलन गरी किरात संग्राहलय निर्माण गरिने भएको हो । संग्राहालयको आवश्यकतालाई मध्यनजर गर्दै  महेश्वरीमा ‘रिब्दुङ सांगीतिक साँझ–२०७३’  को तयारी गरिएको छ ।

किरात संग्रहालय निर्माणका लागि आर्थिक

श्रोत जुटाउन आगामी कार्तिक १२ गते महेश्वरीमा हुने सांगीतिक कार्यक्रममा गायक तथा संगीतकार जीतेन राई, गायिका पार्बती राई, निलम रोजु राई, गायक जनम थुलुङ, पदम थुलुङ लगायतका कलाकारलाई खोटाङ्ग निम्त्याइएको आयोजक किरात राई
यायोक्खा महेश्वरीले जनाएको छ । हजारौँ वर्ष पूरानो इतिहास र सभ्यता भएको किरातीसँग सम्बन्धित संग्रहालय कम भएका कारण महेश्वरीमा किरात संग्रहालय निर्माणको योजना बनाइएको यायोक्खाका सदस्य उदिम किरातीले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!