पत्रकारलाई कारवाहीको धम्की दिने प्रहरी प्रमुखको यस्तो छ अशुली धन्दा

- October 19, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-शैलेस डंगोल

काठमाडौं । एउटा दुर्घटनाको दोषीलाई कारवाही नभएको भन्ने व्यहोराको समाचार तीव्रखबरमा प्रकाशन भएपछि समाचारदातालाई कारवाही गर्छु भन्दै धम्की दिने एक प्रहरी कार्यालयका प्रहरी प्रमुखले गरेका थप हर्कत छताछुल्ल हुनपुगेको छ ।

फुलपातिको दिन अत्याधिक मात्रामा मदिरा सेबन गरि सवारी साधान चलाएर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा सडकपेटीमा रहेको व्यक्तीलाई ठक्कर दिई गम्भीर घाईते बनाएर फरार रहेको अभियुक्तको खोजी गर्नु पर्ने सुरक्षा निकाय समाचारको स्रोत खोज्दै पत्रकारको घरमा गएको छ ।

सिन्धुपाल्चोक महांकाल गाविसमा रहेको पत्रकार ‘रोशन कार्की’ को हो ? भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नीरज डाँगीको निर्देशनमा तालामाराङ प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षकको एक टोलीले घरमा गई खोजी गरेको थियो ।

dangiतीब्रखबर डटकममा ‘रक्सीले मातेका पत्रकारले श्रेष्ठमाथी बाईक कुदाएपछि’ नामको समाचार प्रकाशन भएकै दिन अर्थात असोज २९ गते बेलुका ‘रोशन कार्की को भन्दै खोजी गरेको थियो ।

मेलम्चीबाट प्राप्त समाचारलाई तीब्रखबरले विना लाईसेन्स मादकपदार्थ सेवन गरि अन्यकै मोटरसाईक चलाएर मेलम्ची नगरपालिका पुरानो बसपार्कको सडकपेटीमा बसीरहेकी सजना श्रेष्ठ सख्त घाईत बनाएको समाचार प्रकाशन भएको थियो । सो समाचारको स्रोत खोज्दै अहिलेसम्म फरार रहेका अभियुक्त आदित्य दाहालको सूचनाका आधारमा सो समाचार रोशन कार्कीले लेखेको हो भन्दै प्रहरी निरिक्षक डाँगीले नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको थियो । यसै विषयमा डाँगीलाई प्रतिकृयाको लागि सम्पर्क गर्दा पिडितले निवेदन नदिएकोले दोषीलाई कारवाही गर्न नसकेको’ बताए साथै ‘पत्रकारलाई पक्राउ गर्न पत्रकारको घरम कुनैपनि प्रहरी नपठाएको’ उल्लेख गरे । उनले धम्कीपूर्ण भाषामा अगाडि नै भने-‘ तपाईको समाचारदातालाई कारवाही गर्छु ।’

यसरी पत्रकारलाई समाचारमा नाम उल्लेख भएकै भरमा कारवाहीको धम्की दिने प्रहरी प्रमुख डाँगीका थप हर्कतहरु सार्वजनिक हुन थालेका छन् । उनले केही प्रहरी परिचालन गरि नगरपालिका देखि क्रसर ब्यबसायीहरुसंग अवैध रकम अशुली धन्दा गर्दै आएको आरोप स्थानीयहरुले लगाउँदै आएका छन् । इलाका प्रहरी कार्यालयका प्रहरीले हप्तै पिच्छे मासु खाएको बिल मेलम्ची नगरपालिकालाई तिर्न लगाएपछी नगरपालिकाका कर्मचारीहरु दिक्क मानेको बताइएको छ । ‘हप्तै पिच्छे पैसा उठाउन आउँछ दिक्क बनाई सक्यो’ नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए ।

इन्द्रावती नदि किनारमा रहेको क्रसर ब्यबसायीहरुलाई पनि प्रहरीले पैसा उठाउने गरेको बताइएको छ । चोरीका मोटरसाइकल प्रयोग गरेर प्रहरीले क्रसर व्यवसायीसंग रकम उठाउने गरेका छन । एक क्रसर ब्यबसायीले नाम उल्लेख नगर्ने सर्तमा उल्लेख गरे । इलाका प्रहरी कार्यालयका प्रमुख डाँगीले पठाएको भन्दै एक  प्रहरी हबल्दारबाट भर्खरै असई भई बढुवा भएका असई नै पैसा उठाउन आउने गरेको व्यवसायीले बताए ।

अबैध रुपमा बालुवा झिक्न ह्यावी इम्युप्मेण्ट प्रयोग गरी तस्करी धन्दामा संलग्न केही गिरोहहरुबाट समेत ति असईले अशुली गर्दै आएको बताइएको छ । जिल्ला बिकास समिती सिन्धुपाल्चोकले त्यसरी ह्यावी इक्युम्मेण्ट प्रयोग गरी नदीजन्य बस्तुको उत्खखन्मा रोक लगाएको छ । बालुवा तस्करीमा संलग्नदेखि प्रहरीकोमा पुग्ने विभिन्न मुद्दा मामिला मिलाई दिए वापतपनि मोटो रकम उक्त प्रहरी कार्यालयका प्रहरीहरुले अशुल्ने गरेको आरोप स्रोतको छ । यसै विषयमा प्रहरी प्रमुख डाँगीलाई प्रतिकृयाको लागि मोवाइलमा सम्पर्क गरी बुझ्दा उनी भन्छन्- ‘कोही कसैसंग त्यसरी पैशा अशुलेको हो भने मेरो अगाडि आएर भनोस्, म कारवाहीको भागीदार हुन तयार छु ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!