दैनिक १०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल प्रवेश

- October 19, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रसुवा । नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार गत चैत महिनायता २१ हजार १६ चिनियाँ पर्यटक केरुङ हुँदै रसुवागढीबाट नेपाल प्रवेश गरेका हुन् । “दैनिक १०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने गरेका छन्,” उहाँले भन्नुभयो ।

यस्तै चिनियाँ सामान आयात गर्न दैनिक सयौँ कन्टेनर रसुवागढी पुगेपछि टिमुरेर स्याँफ्रुबेसीको चहलपहल ह्वात्तै बढेको छ । चिनियाँ पर्यटकको आगमनले व्यापार व्यवसाय समेत फष्टाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!