महासंघको सभालाई यथास्थितीमा राख्न अदालतको आदेश

- October 18, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारणसभा स्थगित गर्नभन्दै परेको मुद्दामा पुनाराबेदन अदालतले  तत्कालका लागि यथास्थितीमा राख्न अन्तरिम आदेश जारी गरेको छ । अदालत परेको. सो मुद्दाको रिटमा न्यायाधिश भीमकुमार ओझाको इजलासले सो आदेश दिएको हाृे । महासंघले बरिष्ठ उपाध्यक्षलार्इ स्वत: अध्यक्ष बनाउने प्रावधानसहित विधान संशोधन गर्न विहिवार विशेष साधारणसभा बोलाएको थियो।

महासंघका पुर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारी सदस्य गोविन्दराज घिमिरेले महासंघको विधान विशेष साधारणसभाबाट संशोधन गर्न नमिल्ने जिकिर गर्दै जिल्ला प्रशासन कार्यालय, महासंघ कार्यसमितिसहित पाँच जनालार्इ विपक्षी बनार्इ रिट दायर गरेका थियो । विधान संशोधन साधारणसभाबाट गर्न मिल्ने व्यवस्था रहेको दावी सहित विशेष साधारणसभा रोक्न उनीहरुले माग गरेका थिए।

सो मुद्दाको बारे अदालतले बुधवार दुबै पक्षलार्इ बोलाएको छ। दुबै पक्षको धारणा बुझेर अदालतले विशेष साधारणसभालार्इ स्थगित वा निरन्तरता दिने भन्ने बारे फैसला समेत गर्ने भएको छ ।  विधान संशोधन हुँदा अध्यक्ष उम्मेदवार बन्न भाष्करको बाटो बन्द हुने थियो । उनी आगामी साधारणसभामा अध्यक्ष लड्ने तयारीमा जुटेका छन् र। बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान लागु भए भवानी राणा अध्यक्ष बन्ने छिन् ।

भाष्करका पक्षमा महासंघका केही पूर्व अध्यक्ष सु्रज बैंद्य ,महेशलाल प्रधान,  आनन्दराज मुल्मी, बिनोदबहादुर श्रेष्ठ खुलेरै लागेका छन् र उनीहरुले विशेष साधारणसभाबाट विधान संशोधन गर्न नमिल्ने जिकिर गर्दै आएका छन्। यस विषयमा  पूर्व अध्यक्ष  कुशकुमार जोशीले कतैपनि समर्थन गरेका छैनन ।  बाँकी पुर्व अध्यक्ष विधान संसोधनको पक्षमा रहेका छन्।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!