महासंघमा आरोप–प्रत्यारोप : विशेष साधारणसभा विरुद्ध भाष्कर पुगे अदालत

- October 18, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा विभिन्न विषयमा चर्किदै गएको विवाद अन्नत अदालत सम्म पुगेको छ । तत्कालिन निर्वाचित अध्यक्ष प्रदीपजग पाण्डेको विरुद्धमा बर्तमान समितिनै भ्रष्टचारको आरोपमा पुरानो मुद्दा व्यूउताई कारवाही गरेदेखि सुरु भएको विवाद अहिले सोही समुहकै व्यवसायीले विशेष साधारण सभानै रोक्न भन्दै अदालतमा मुद्दा दायर गरेको छ ।

महासंघको आसन्न विशेष साधारणसभा विरुद्ध अध्यक्षका पराजित भाष्करराज राजकर्णिकारले मुद्दा दायर गरेका हुन । कार्तिक ३ गतेदेखि हुन लागेको उक्त विशेष साधारणसभा विरुद्ध मंगलबार पाटन पुनरावेदन अदालतमा मुद्दा दायर गरेका हुन । महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष राजकर्णिकारले विधान संसोधन लगायतका विषय विरुद्ध मुद्दा दायर गरेका हुन् । उनले उक्त विशेष साधारणसभा रोक्न माग राख्दै मुद्दा दायर गरेका छन् ।

महासंघको नेतृत्वमा बस्न खोज्ने व्यक्तिले सोही महासंघ विरुद्ध मुद्दा हाल्नु दुर्भाग्य भएको महासंघले जनाएको छ । यदि कुनै व्यक्तिलाई असमझदारी छ भने त्यसैको बारेमा छलफल गर्न विशेष साधारणसभा बोलाइएको महासंघले जनाएको छ । राजकर्णिकारले मुद्दा दायर गरेसँगै सो सम्बन्धमा छलफल गर्न महासंघ कार्यसमितिको आकस्मिक बैंठक बसेको छ । उक्त बैंठकले सो विषयमा केही टुङ्गो लगाउने महासंघ स्रोतको जानकारी दिएको छ ।
सो विशेष साधारण सभाले महासंघको विधानलाई संशोधन गरिने प्रस्ताब रहेको थियो । सो विधान संशोधन भएमा बरिष्ट उपाध्यक्षलाई स्वतः अध्यक्ष हुने प्राबधान राखिएको छ । तत्कालिन निर्वाचित अध्यक्ष पाण्डेबाट अध्यक्षमा पराजीत राजकर्णिकार पुनः अध्यक्षमा उम्मेदवारी दिने रणनीतिमा रहेको स्रोतले जनाएको छ । सो विधान संशोधन भई कार्यान्वयन भएमा उनी अध्यक्ष पदको निर्वाचन नहुने भएपछि उनी सो प्राबधान तत्काल रोक्न भन्दै अदालत गएको स्रोतले जनाएको छ । सो विधान संशोधनलाई पारित गर्ने तर अर्को कार्यकालदेखि लागु गर्नुपर्नेभन्दै पुर्वअध्यक्ष सुरज बैंद्य लविङ गर्दै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!