प्राकृतिक विपदको न्यूनिकरणकालागि ‘नेपा’ को स्थापना

- October 16, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । भुकम्प लगायत प्राकृतिक विपदबाट हुने धनजनको क्षति न्युनीकरण गर्न पूर्व तयारी एवं जनचेतना अभिवृद्धि गर्नु पर्नेमा जोड दिइएको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले विगतका विपदबाट पाठ सिकेर सोही अनुरुप तयारी गर्न नसके भविष्यमा अझ ठूला धनजनको क्षति हुन सक्ने आंकलन गर्दै सो बारे पहिलेनै सर्तरकता अपनाउनु पर्नेमा जोड दिए ।

उनले कम्पीय दृष्टिले नेपाल अति सम्वेदनशिल क्षेत्रमा पर्ने हुनाले त्यही अनुरुप तयारी गरिनु पर्ने बताए । अध्यक्ष श्रेष्ठले तुलनात्मक रुपमा नेपालमा भन्दा जापानमा ठूला भुकम्प गईरहने भएता पनि आवश्यक तयारीका कारण कम क्षति हुने गरेको बताउंदै जापानबाट नेपालले धेरै सिक्नु पर्ने बताए । इमरजेन्सी शेल्टर एण्ड डिसास्टर प्रिभेन्सन् एजुकेशनल एड ‘नेपा’ का प्रोफेसर निर्देशक मोरी काजुहिकोले नेपालमा प्राकृतिक दुर्घटनाबाट हुने जनधनको क्षति न्युन गर्ने उद्देश्यका साथ इमरजेन्सी शेल्टर एण्ड डिसास्टर प्रिभेन्सन् एजुकेशनल एड नेपा गठन गरिएको जानकारी गराउंदै संस्थाले नेपालमा इमर्जेन्सी सेल्टर र दुर्घटना व्यवस्थापन सम्बन्धि शिक्षामूलक कार्यक्रम संचालन गर्ने बताए ।

उनले नेपाल र जापान दुवै देश भुकम्पीय दृष्टीले जोखिममा रहेकोले जापानले गरेको तयारीबाट नेपालले धेरै सिक्न सक्ने बताए । ओसाका सिटि युनिभर्सिटिका प्रोफेसर तथा नेपाका सहायहक निर्देशक मितामुरा मुनेकले सामुदायिक दुर्घटना व्यवस्थापन (कम्युनिटी डिसास्टर म्यानेजमेन्ट सिस्टम) का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेशनल म्युजियम अफ इथोलोजि का डा. तथा संस्थाका निर्देशक मोरिता ताकेमित्सुले “डिसास्टर रिस्क रिडक्शन” का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी, ओशाका जापानका लागि नेपाल चेम्वर अफ कमर्सका अवैतनिक प्रतिनिधि दिनेश श्रेष्ठले गत साल गएको भुकम्पबाट प्रभावित नेपालीहरुलाई सहयोग पु¥याउने उद्देश्यले इमरजेन्सी शेल्टर एण्ड डिसास्टर प्रिभेन्सन् एजुकेशनल एड नेपा को स्थापना गरिएको बताउंदै ‘एजुकेशनल कम्युनिटि सेन्टर’ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
चेम्वरका पदाधिकारी, कार्यसमिति सदस्य, र चेम्वरका विभिन्न सदस्य एवं उद्यमी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!