बौद्धनाथ अनियमितता प्रकरण : दाडुपन्यू आफ्नै हातमा भएपछि लामाको मनपरी लुट

- October 16, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-मनोज खतिवडा

काठमाडौं । दाडु र पन्यू आफ्नै हातमा भएपछि जति मन लाग्छ पस्किए हुन्छ, अनि जो जसलाई जति मन लाग्छ आफु अनुकुलकालाई दिन पनि सकिन्छ । हो यसैगरि बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहरको नाममा केही सिमिति व्यक्तिले दाडुपन्यू चलाएका छन् र लुट् मच्चाएका छन्बौद्धनाथ क्षेत्र विकास समितिको कार्यालय रहेको भवनबौद्धनाथ क्षेत्र विकास समितिको कार्यालय रहेको भवन

प्राप्त समाचार अनुसार कामनपा वडा नं. ६ मा रहेको बौद्ध धर्मालब्बीहरुको पवित्र धार्मिकस्थल बौद्धनाथ स्तुपाको संरक्षण एवं विकासका निम्ति स्थापना गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरुले स्तुपाको विकास र संरक्षणका नाममा सरकार र विभिन्न दाताहरुबाट पाप्त गरेको रकम आफुखुसी खर्च मात्र गरेका छैनन् । विभिन्न कार्यक्रममा खर्च गर्दा घ्यु कहाँ पोखियो दालमा भनै झै गर्दै आएको तीव्रखबरले फेला पारेको छ ।

होटल हार्मिका : अध्यक्ष लामाले संचालन गरेको होटल
होटल हार्मिका : अध्यक्ष लामाले संचालन गरेको होटल

समितिका अध्यक्ष सम्पूर्णकुमार लामाको ठाडो आदेशमा समितिले जे जति कार्यक्रमहरु गर्ने गरेको र समितिका अतिथिहरुलाई राख्ने गरेको होटल होे होटल हार्मिका । बौद्ध स्तुपा नजिकै रहेको होटल हार्मिकामा मात्र कार्यक्रम गरिनु र दाता तथा अतिथिहरुलाई त्यहि लगेर राख्ने गर्नुको पछाडिको रहस्य हो समितिका अध्यक्ष लामाले नै संचालन गरेको उक्त होटलमा गरिएका खर्च उनकै गोजीमा पर्ने र आफुखुसी बिल बनाउन सजिलो हुने भएपछि समितिमा खुलेआम उनको अनियमितता चुलिएको नाम उल्लेख नगर्ने शर्तमा समितिका एक कर्मचारीले तीव्रखबर प्रतिनिधीलाई बताए ।

चुना प्रयोग गर्ने परम्परा तोडि आधुनिक रुपमा रंगरोगन गरिएको स्तुपाको एक दृष्य ।चुना प्रयोग गर्ने परम्परा तोडि आधुनिक रुपमा रंगरोगन गरिएको स्तुपाको एक दृष्य ।

बौद्धनाथ क्षेत्र विकास समितिले अन्यत्र गरेको खर्चभन्दा होटल हार्मिकालाई बुझाएको बिलको रकम ठूलो मात्रामा रहेको बताइएको छ । आफै बोक्सी आफै धामी भने झै समितिका अध्यक्ष लामाले खर्चको योजना आफै तयार पार्ने र खर्च पनि आफ्नै होटलमा गराउने रणनीति उनी समितिमा अध्यक्ष भएदेखि गर्दै आएको आरोप समितिका एक कर्मचारीले लगाएका छन् ।

विगतमा चुना घोल्न बनाइएको स्थान, अहिले पोखरीमा परिणत ।
विगतमा चुना घोल्न बनाइएको स्थान, अहिले पोखरीमा परिणत ।

बौद्धनाथ स्तुपाको आड्मा अबैध कमाउधन्दामा लागेका अध्यक्ष लामाले पछिल्लो समय पुर्ननिर्माणको नाममा उपलब्ध भएको रकममा समेत होली खेल्दै आएको बताइएको छ । आफ्नो कार्यकाल सकिन लाग्दा अध्यक्ष लामाले समितिमा भएको रकम सिध्याउने रणनीति अनुरुप कमिसनको लोभमा समितिका नाममा जग्गा खरिद गर्ने तयारी गरिरहेको बताइन्छ । अध्यक्ष लामाले पुर्ननिर्माणको नाममा अनियमितता मात्र गरेका छैनन् ।

पुर्ननिर्माणको नाममा भत्काइएको यो स्तुपाबाट दुई टिप इँटा र केही बहुमुल्यवस्तुहरु रातारात चीन तस्करी भएको छ ।
पुर्ननिर्माणको नाममा भत्काइएको यो स्तुपाबाट दुई टिप इँटा र केही बहुमुल्यवस्तुहरु रातारात चीन तस्करी भएको छ ।

विश्व सम्पदा सूचिमा सूचिकृत बौद्धनाथ स्तुपाको बहुमुल्य बस्तुहरुका साथै दुई ट्रक ईँटा चिनियाँ दातालाई दिएर गोप्य रुपमा करोडौं रकम कुम्ल्याएको आरोप स्थानीयबासीहरुले लगाउँदै आएका छन् । हुन त, विश्व सम्पदा सूचिको कुनैपनि पुरातात्विक महत्वका वस्तु एक स्थानबाट अर्काे स्थानमा लैजान वा कोही कसैलाई दिन नमिल्ने प्रावधानलाई समेत उनले लत्याएको स्रोतको दावी छ ।

समितिले बौद्ध स्तुपा परिसरमा राखेको यो सुचनाको के अर्थ ?
समितिले बौद्ध स्तुपा परिसरमा राखेको यो सुचनाको के अर्थ ?

विश्व सम्पदामा सूचिकृत सम्पदाहरुमा पुरानै शैलि र परम्परागत सजावट एवं रंगरोगन हुनुपर्ने प्रावधानलाई समेत उनले वेवास्था गर्दै चुना रंग लगाउनु पर्ने वालहरुमा आधुनिक फाइवर रंगरोगन गरिनुले उनको हर्कत अझ छताछुल्ल भएको हो । बौद्ध स्तुपामा स्थापनाकालदेखि नै चुना रंग प्रयोग गर्दै आईरहेकोमा अहिले उक्त परम्पार तोडिएको छ । बौद्धनाथ स्तुपामा भैरहेको अनियमितताका सम्बन्धमा प्रतिकृयाका लागि अध्यक्ष लामाको मोवाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

यो पनि पढ्नुहोस्

बौद्धनाथको नाममा लामाको यस्तो धन्दा, किलोका किलो सुनदेखि करोडौं रकम झ्वाम

नक्कली बौद्ध स्तुपा चीनमा बनाउने ‘ग्राण्ड डिजाइन’, भारतपछि बौद्ध धर्मालम्बीहरुमाथि चीनको गम्भिर षड्यन्त्र

फलोअप : बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहरमा यस्तो खेल, बौद्ध स्तुपा बन्यो मानव चिहान


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!