-चिसाङ्ग शेर्पा /तीव्रखबर
असोज । जव विहानको नौ पैतालिस बजेको हुन्छ प्रत्येक दिन शिक्षक विधार्थीको एसेम्वल अर्थात लाईनमै हाजिरी हुने गर्छ । दश बज्न केही मिनेट अघि विधार्थी र शिक्षक कक्षाकोठामा आ–आफ्नो काममा ब्यस्त हुन्छन् ।
विधार्थी गृहकार्य देखाउन शिक्षक ब्यस्त मुद्रामा कापी काटीरहेका भेटिन्छन् । बिधालय सुरुभएको ५ घण्टी पश्चात टिफिन समय सकिएलगत्तै ५,६,७ र ८ का विधार्थीहरु दुई पिरियड कृषि पेशा अध्ययन गर्न दैनिक तयारी हुन्छन् । मंगलवार, शुक्रवार हरियो ट्रयाकसुट र अन्य वारमा विधार्थीहरु विधालय पोशाकमा विधालय आउने गरेका छन् । नेपाल सरकारले निर्धारण गरेका पाठ्यक्रम अध्ययनसंगै बिधालयको समयमा दश शिक्षक, ९२ जनाभन्दा बढि बिधार्थी शैदान्तिक र प्रयोगात्मक कृषि ब्यावसाय शिक्षा पठनपाठन गरिरहेको पाईन्छ । यो दृश्य हो खोटाङ्ग नेर्पा – ८ रामपुरमा २०४९ फाल्गुण—४ गते स्थापना भई प्राथमिक तह सञ्चालन भएको १४ बर्षपछि निम्न मावीमा सञ्चालन हुंदै आएको जनता निम्न माध्यमिक विधालयको ।
जनता नि मावीमा बिगत ६ वर्ष अगाडीवाट बाल कक्षासहित पाँचसम्म अंग्रेजी माध्यममा पठनपाठन भईरहेको छ । कक्षा ६ देखी ८ सम्मका विधार्थीलाई भने ०७१ सालदेखी सैद्दान्तिक,प्रयोगात्मक दैनिक दुई पिरियड कृषि व्यावसाय शिक्षा पठनपाठन दिंदै आएको छ । कृषिप्रधान देशमा स्थानिय कृषि ब्यावसाय शिक्षामा आधारित पाठ्यक्रम निर्माण गरी विधार्थीलाई आत्मनिर्भर बन्नमा सहयोग पुग्ने उद्देश्यले विधालयलाई कितावी ज्ञानमात्र नभई कृषिमैत्री बनाउन खोजिएको बिधालयका प्रधानाध्यापक झमप्रसाद आचार्यले बताए । कृषि शिक्षाले विधार्थीलाई काम मात्र नभई ब्यावहारिक बनाउने ‘तरकारी पनि रोप्छन बिक्री आफै गरी तरकारी खेतीवाट नै जोड घटाउजस्ता प्रयोगात्मक कुराहरु सिक्ने’ उहाँको भनाई छ । विधालयमा दिईने शिक्षाले तरकारी,फलफुल,अन्नवाली,माटो पहिचान,रोग किरा अनुसन्धानजस्ता शिक्षा आर्जन गर्न सकिन्छ । विधालय परिवार सहित दुईबर्षअघि देउसी खेली संकलन भएको पैसा यस्तो महत्वपुर्ण कार्यमा लगाईएको प्रअ आचार्यल बताउनुभयोे ।
विधालय व्यावस्थापन समितीसहित देउसी खेली ४० हजार संकलित रकमले गोलभेडा उत्पादनका लागी एक टर्णेला,च्याउ उत्पादन घर,काक्रो गुमोज,अर्घानिक झोल मल बनाउन हिलट्याङ्की खरिद गरी विधालयमै कृषि ब्यासायिक शिक्षा सञ्चालन गरिरहेका विधालय तथा बिधार्थीको लगावले बार्षिक ४० हजार नाफा हुने रहेको छ । बिधालयवाट उत्पादन हुने फलफुल तथा तरकारीहरु स्थानिय स्तरमै बिक्री हुंदै आएको छ । डेढ रोपनी ठेक्का र दुई रोपनी आफ्नै जग्गामा स्थानियस्तरका सामग्री तथा आर्गनिक मल प्रयोग गरि शिक्षा तथा फलफुल, तरकारी, बन्दा, फुलगोभी उत्पादन गरिरहेका विधालयलाई जिल्लामै नमुना विधालयले चिनिएको छ । गड्यौला मल अन्यत्रवाट खरिद हुन्छ भने तितेपाती,बनमारा,असुरो,बोके टिमुर,बोझो,पिरे उनिउँजस्ता रुखपातलाई खाल्डोमा कुहाएर मल बनाउने गरिएको छ । विधालयमा दश शिक्षक ९२ जनाभन्दा बढि बिधार्थीद्दारा शैदान्तिक र प्रयोगात्मक कृषि ब्यावसाय शिक्षा पठनपाठन र उत्पादित सबै प्रकारका चिजहरु स्थानिय स्तरमै विक्री हुने गरेको छ । बिक्रीवाट आएको रकम हरेक महिना मसान्तका दिन पारदर्शी गरी ज्योती विकास बैंकमा रहेको स्कुलको खातामा जम्मा गरिने बिधालयको नियम रहेको छ । अहिलेसम्म ४० हजार साँवा र ५० हजार मुनाफा भएको छ ।
जिल्लामै नमुनाको रुपमा स्थापित हुंदै आएको उक्त विधालयमा कृषि ब्यावसाय शिक्षा लिने बिधार्थीहरुमा छात्राको संख्या उल्लेख्य रहेको छ । कृषि शिक्षासहित विधालय ब्यावस्थापन समितीले ४ जना शिक्षकलाई निजी स्रोतवाट धानीरहेका छन् । विधालयवाट छुटिने छात्राबृती, गाविसबाट आउने केही रकम, सहयोगीदाता र अभिभावकवाट आएको रकम संचित गरि कापी खरिद गरेर विधार्थीलाई दिईने गरिएको छ । उतm बिधालयमा अध्ययनरत विधार्थी वाहिर गएर कहिल्यै कापी किन्न नपर्ने विधालयको भनाई छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!