प्राधिकरणको उपभोक्ता ठग्ने नयाँ रबैया !

- October 15, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-चिसाङ्ग शेर्पा

खोटाङ्ग । खोटाङ्गमा कर्मचारीको अभाव देखाउँदै विधुत प्राधिकरणले उपभोक्ता ठग्ने गरेको गुनासो उपभोक्ताहरुले गरेका छन् । बिधुतिय समस्या सम्बन्धी जनगुनासो बढ्दै जाँदा ‘कर्मचारी नभएको’ भन्ने गैर जिम्मेवारीपुर्ण जवाफ उपभोक्तालाई दिने गरेका छन् ।

प्राधिकरणले जहाँजहाँवाट बिधुतको समस्या सम्बन्धी कार्यलयमा ‘फोन आउँदा झर्केर बोल्ने,सत्य जानकारी दिन हिचकिचाउने, सम्बन्धित कार्यलयका प्रमुखलाई कहिल्यै सम्पर्क नहुने प्राधिकरणले साँझा भाषामा कर्मचारी नभएको ठाडो जवाफ दिने गरेको पाईएको छ । कर्मचारीपिच्छे अलग–अलग आदेश आउने र उपभोक्ताले बत्ती विग्रिएको सुचना गराएपनी प्राधिकरणले बेवास्ता गर्ने गरेको श्रोतको भनाई छ ।

विधुत प्राधिकरणले बेवास्ता गर्दा नै जिल्लाका पश्चिमी गाविस नुनथलाका ३५ घरधुरी विगत महिना दिनयता अध्याँरोमा बस्न बाध्य भएका छन् । विधुत विग्रिएको पटक–पटक जानकारी गराईए पनी प्राधिकरण वितरण केन्द्रले कुनै सुनुवाई नगर्दा नुनथला – ८ का २ सय ५० जनामाथीका विधुत उपभोक्ताहरु चाँडवाडसंगै दशै पर्वमा अध्याँरोमा बस्न बाँध्य हुनुप¥यो ।

एउटै ट्रान्सफर्मरबाट ४ वडामा बलिरहेको बत्ती ८ वडामा महिना दिनदेखी नबल्दा बिधुत उपभोतmालाई हैरानी भएको छ । बत्ती विग्रिए लगत्तै दैनिकजसो जनगुनासो राख्दा कर्मचारी नभएको भनी प्राधिकरणले आलटाल गरिरहने नुनथला ८ का पिडित उपभोक्ता दोर्जे शेर्पाले बताए । बत्ती नवल्दा दैनिक कामकाज गर्नमा अवरोध तथा विधार्थीमा प्रत्यक्ष असर पुगेको छ । चाडपर्बमा समेत उज्यालोमा बस्न नदिएको भनि उपभोक्ता आक्रोशित बनेका छन् । समस्या चुलिरहंदा प्राधिकरणका केही कर्मचारी झुटा कुरा गर्दै बत्ती बलिरहेको ठोकुवा गरीरहेका छन् । कार्यलय प्रमख भने सम्पर्कभन्दा वाहिर रहेको पाईएको छ ।

सदरमुकामवाट पैदल यात्राको डेढ घण्टाको दुरीमा रहेको नुनथला गाविसमा यथार्थ बुझ्न नगई उल्टै कार्यलय भित्रवाट केही समस्या नभई बलिरहको छ भन्दै भौतिक,मानशिक शास्ती दिईरहेको अर्का पिडित उपभोक्ता प्रताप सिं तामाङ्गले गुनासो गरे । प्राधिकरणका केही कर्मचारी भने व्यक्तिगत रिसिभीका कारण त्यस ठाउँमा काम गर्नै नसक्ने बताउने गरेको श्रोतको भनाई छ । आपसी कलह देखाउँदै उपभोक्ताहरुको समस्यालाई सम्बोधन नगर्ने, बत्तीविनाको मिटर रिडिङ्ग गरी पैसामात्र उठाउने गरेको पिडीत उपभोक्ता शेर्पाले आक्रोश व्यक्त गरे । पिडीत उपभोक्ताहरु प्राधिकरणको ताण्डव नृत्यदेखी हैरानी हुंदै सञ्चारमाध्यमलाई गुहार्न थालेका छन् ।

२०५७ सालबाट बिधुत प्रबाह भएको खोटाङ्गमा ३९ गाबिसमा बिजुली बलिरहंदा प्राधिकरण भने विधुत विस्तार गर्नमात्र ध्यान दिने गरेको पाईएको छ । यसै सम्बन्धी विधुत उपभोक्ताहरुलाई किन चरम समस्या दिनुहुन्छ भन्ने प्रश्न राख्नलाई कार्यलय प्रमुखलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । आफु कार्यलय प्रमुखले निर्देशन दिए अनुसार काम गर्ने,आफु एक्लैले केही गर्न नसक्ने विधुत प्राधिकरण शाखा वितरण केन्द्र खोटाङ्गका सुपरभाईजर जिवछ शर्माले बताए । विधुत प्राधिकरणको ब्यापक लार्पाबाहीकै कारण खोटाङ्गमा अधिकांस मानविय तथा धनजनको क्षति हुने गरेको छ ।

क्यापसन ः खोटाङ्गको नुनथला ७  स्थित घुमथलामा बेकामे बनेको बिधुत ट्रान्सफर्मर ।।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!