हेलम्बु यातायातको सुपर एक्सप्रेसको नाममा यात्रु ठगी

- September 28, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पबित्र शर्मा

सिन्धुपाल्चोक । काठमाडौं पूर्वउत्तरको पहाडी जिल्लामा लामो समयदेखि यातायात सेवा संचालन गर्दै आइरहेको हेलम्बु यातायात सेवा समितिले यात्रुहरुबाट चर्कोभाडा असुल्ने र आप्mुखुशी भाडा असुली बस संचालन गर्दै आइरहेको छ । हेलम्बु राजमार्ग र ग्रामीण सडकहरुमा लामो समयदेखि सर्वसाधारण यात्रुहरु यो समिति अन्तर्गत संचालित यात्रुबसहरुले ठग्नुसम्म ठगिन पुगेको गुनासो सार्वजनिक भएको छ । काठमाडौं पूर्वउत्तरको मेलम्ची लगायतका विभिन्न बजार तथा ग्रामीण बस्तीमा सो सेवा समितिका बसहरु सञ्चालन भएका छन् ।

यसरी एकलौटी रुपमा गाडी सञ्चालन गर्दै आएको सो समितिले केही महिनादेखि एक्सप्रेस र सुपर एक्सप्रेसको नाममा यात्रुमाथी ठगी धन्धा चलाउदै आएको मंगलबार प्राप्त प्रमाणका अनुसार प्रष्ट भएको छ । सो समितिले मंगलबार विहान ६ बजेर ५ मिनेटमा काठमाडौं जिल्लाको चाबहिल चुच्चेपाटी बसपार्कबाट छुट्ने भनेको ६६७४ गाडि नम्बर ६ बजेर १५ मिनेटमा ‘ हेलम्बु सुपर एक्सप्रेस’ को नाममा बल्ल चलाईयो । प्रतिव्यक्ती २ सय ३० रुपैयाँ असुली गरेर कतै नरोकी चलाउने भनिएता पनि सो गाडि चाबहिलबाटै कोटेश्वर, भक्तपुर, बनेपा र धुलिखेलका यात्रु समेत बोलाई बोलाई चढाउने काम मेलम्चीसम्मै सो कार्य गरेको थियो ।

बसपार्कबाट २ सय ३० रुपैयाँ बुझाएका यात्रु विहान ९ बजे गन्तव्य स्थल पुग्ने भने पनि सो गाडि १ घण्टा २० मिनेट ढिला पुगेको थियो । सो गाडिका सहचालकलाई किन लोकल यात्रु बोक्नु भएको भन्दा मैले हैन डाइभरले रोकेर चढाउन लगाएको भन्दै सुपर एक्सप्रेस नाममा सवैसंग मंहगो भाडा असुली गरेको थियो । (हेर्नुहोस तस्बीर)

Exif_JPEG_420यसरी दैनिक सुपर एक्सप्रेसको नाममा हुदै आएको बारे सम्बन्धित समितिमा पटक÷पटक सम्र्पक गर्दा समेत टिकटमा राखिएको नम्बरमा फोन सम्र्पक हुन सकेन । यस बारे थप तथ्यसहित सो समितिबाट हुदै आएको यात्रु ठगीको खोजी कार्य तीब्रखबरले जारी राखेको छ ।

यसैगरि, अरनिको याातायात समितिले यात्रुबाहक बसहरुमा जुगल यातायाता, सुनकोशी यातायात, सगरमाथा यातायात, गौरीशंकर यातायात, शैलुङ यातायात जस्ता छद्माभेषी नाम राखी सिन्डिकेट प्रथाका साथै आफुखुशी भाडा समेत असुली गर्र्दै आएको छ । कुनै पनि यातायात व्यवसायीले अरनिको यातायात सेवा समितिको अनुमति वेगर अरनिको राजमार्ग र आसपासको सडकहरुमा यातायात सेवा संचालन गर्न सक्दैनन् । जो कोहीले यस्तो प्रयत्न गरेमा उसले ठूलो नोक्सानी व्यहोर्नु पर्छ । विगतमा भएको दोलालाघाटको घटनाले पनि यो कुरा पुष्ट्याई गर्दछ । सोही घटनादेखि अरनिको राजमार्गमा कोही कसैले यातायात सेवा संचालन गर्ने हिम्मत राखेको छैन ।

अरनिको यातायात सेवा समितिले सर्वसाधारण यात्रुमात्र ठगिएको छैन् । समितिमा आवद्ध व्यवसायीहरु पनि मारमा परेका छन् । यातायात व्यवसायीहरुले एकछत्र सिन्डिकेट चलाउँदै आएको रुटमा यात्रुबस संचालन गर्नु परेमा जो कोहीले ठूलो रकम समितिलाई बुझाउनु पर्ने बाध्यता छ । यातायात व्यवसायीले गाडी मात्र खरिद गरेर हुँदैन समितिलाई ठूलो रकम चढाउनु पर्ने बाध्यता छ । अरनिको रुटमा यात्रुबाहक वस संचालनको लागि गाडीमालिकले समितिलाई ७ लाख रुपियाँ तिर्नु पर्छ । यतिले मात्र हुँदैन, प्रत्येक दिन क्यू नै पिच्छे यातायात व्यवसायीले क्यूफी तिर्नुपर्ने बाध्यता छ । यहाँ सम्मकी जिरी काठमाडौको क्यूमा जानुपर्दा एउटै क्यूमा ४ हजार रुपियाँ समितिलाई बुझाउनु पर्ने भएकाले आफूले व्यवसाय नै छाडेको हो ।’ गाडी लिएर के गर्नु समितिका पदाधिकारीलाई पोसाउनुसम्म पोसाउनु पर्ने यातायात व्यवसायीले बताए । (स्थलगत रिपोर्ट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!