ओलीविरुद्व नेपाल आक्रोशित, एमाले फुटाउने झलनाथको चेतावनी

- September 23, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेकपा एमालेभित्र सुरु भएको झगडा भुसको आगो झैं फैलन शुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र एकलौटी ढंगले कामकाज अगाडि बढाएपछि माधव र झलनाथ खनाल ओलीसँग आगो भएका हुन् ।

त्यसो त ओलीसँग नेता बामदेव गौतम पनि भित्रैदेखि रिसाएका छन् । संसदीय दलको चुनाव ताका गौतमलाई आफू अध्यक्षमा निर्वाचित भएपछि संसदीय दलको नेता दिने उधारो सम्झौता गरेका थिए । तर, ओलीले गौतमलाई न त संसदीय दलको नेता नै बनाए, न त उनले भनेअनुसार नै पार्टी चलाए ।

दुई साताअघि आफ्नो घरमा आएका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै झलनाथले पार्टी फुटाउने गम्भिर षड्यन्त्र भइरहेको बताएर ओलीमाथि चौतर्फी प्रहार गरेका थिए । ओलीले पार्टी संगठनभित्र ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल र पूर्वसभामुखका रुपमा चिनिएका ओलीका विश्वासपात्र सुवास नेम्वाङलाई चेपेर माधव र झलनाथका नेता कार्यकर्तालाई पार्टीभित्र दमन गर्न थालेपछि खनालले यस्तै रहेमा पार्टी विभाजनको संघारमा पुग्ने चेतावनी समेत दिएका थिए ।

माधवको आक्रोश
प्रचण्डको सहयोगमा सत्तासिन भएका ओलीले माओवादी केन्द्रसँग गरेको सहमति भाँडेकोमा शुरुदेखि नै माधव नेपाल क्रुद्व थिए । माओवादीसँग भएको सहमति कायम गरेर प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्छ भनेर झलनाथ र माधवले पार्टीभित्र लबिङ नै गरेका थिए ।

तर, ओलीले ती कुरलाई लत्याइदिए । प्रचण्डविरुद्व खनिएका ओलीले आफूलाई राष्ट्रवादी देखाउन यतिबेला आफ्नो पार्टीभित्र कुनै गुटबन्दी नरहेको बताइरहँदा नेपालले नै ओलीविरुद्व एैलान छेडेका छन् ।
उखान र टुक्काले पार्टी नचल्ने र पार्टीलाई ओलीले तहसनहस बनाएको माधव नेपालले एक कार्यक्रममा बताए । गत सोमबार तुलसीलाल स्मृति प्रतिष्ठानमा बोल्दै नेता नेपालले भने, ‘ओलीविरुद्व बिष्फोटकै चरणमा म पुगिसकेको छु ।’ ओलीले पार्टीभत्र आसेपासेहरुलाई ठाउँ दिएको, पार्टी कमिटिहरु तहसनहस बनाएको, ईश्वर पोेखरेल, शंकर पोखरेल, प्रदिप ज्ञवाली, सुवास नेम्वाङ र पृथ्वी सुब्बाको झुण्डले एकछत्र काम गरेर अरु कार्यकर्ताको मानमर्दन गरिरहेका छन् ।

नेता नेपालले थपे, ‘ओलीले म बिष्फोटको रुपमा छु भनेर कार्यकर्ता र जनतालाई ढाँटिरहेकाछन् । ओलीका कारण पार्टी दुई फ्ल्याट भइसक्यो । हामी पार्टी फुटाउन चाहँदैनौं, तर ओलीले फुटाइसके ।’

नेपालले ओलीले पार्टीभित्र चरम गुटबन्दी गरेको, पार्टी स्कुल विभग र संगठन विभागले ज्ञानेन्द्र शैलीमा काम गरेको समेत खुलासा गरेका थिए । बैठकमा सहभागि एमाले नेताका अनुसार माधव नेपालले ओलीविरुद्व यति बिघ्न रोष प्रकट गरेको नै पहिलो होला ।

ईश्वर पोखरेलको झुण्डले पार्टीका इमान्दार नेता कार्यकर्ताको सदस्यता रिन्यू नगरेको र पार्टी हित विपरित काम गरेकाहरुलाई मात्र सदस्यता दिएकोमा समेत नेता नेपालले रोष प्रकट गरेका थिए । नेता नेपालको कुरा सुनेपछि प्रतिष्ठानमा रहेका एमाले नेता खगराज अधिकारीसहितका नेताले टिप्पणी गरे । उखान टुक्काले पार्टी नै सखाप बनाउने भयो । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!