सुमिना भन्छिन्- सेक्स विना मानव जीवन सून्य

- September 22, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पर्दामा देखिने होड्वाजीमा रंगिन संसारको दुनियाँमा दौडधुप गर्ने हजारौंको विचमा २०५२ सालमा संखुवासभा जिल्लामा जन्मिएकी नव कलाकार सुमिना कुलुंग राईको पनि दौडाहा जारी छ ।

कला क्षेत्रको अभिरुचीकै कारण दुई वर्षअघि मात्र काठमाडौं हानिएकी कुलुंग मेघा फेसन शोबाट आप्mनो लक्ष्यको पाइला चालेकी थिइन् । काँचको पर्दाको रंगिन दुनियाँमा रम्ने चाहना त लाखौंमा हुन्छ । यहि चाहना बोकेर कलाकारितामा प्रवेश गरेकी कुलुंगुले हालसम्म एक दर्जन डकुमेण्टी फिल्म र आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गर्न भ्याई सकेकी छिन् ।

निर्देशक तथा कलाकार घनश्याम तिमल्सिना (एन्टीना)बाट अभिनय प्रशिक्षण लिएकी उनले भर्खरैमात्र चर्चित गायिका टिका पुन र राजेन्द्र लामाको लोकदोहोरी गीत मनको धोकोमा मोडलको रुपमा आफ्नो कला प्रस्तुत गरेकी छिन् । जीवनलाई आरोह र अवरोहको संयोग मान्ने सुमिनाले राजधानीमा भएको थुप्रै फेसन शोमा समेत भाग लिइसकेकी छिन् ।

पछिल्लो समय कलाकारितामा प्रवेश गर्नेहरुको लर्काे छ यहि लर्काेमा कति आए कति हराए । यसै विषयमा केन्द्रित भएर कलाकार राईलाई राखेको एक जिज्ञासामा उनी भन्छिन् कला क्षेत्रमा सफल हुनका लागि अपनाउनु पर्ने अनुशासन, मेहनत, लगनशिलता, धैर्यता र दक्षताका साथै समय अनुसार चल्न सक्नुपर्छ मैले यी कुरालाई आत्मसाथ गर्दै आइरहेकी छु, त्यसैले सफल हुन्छु भन्ने लाग्छ ।

पछिल्लो समयमा यूट्यूब च्यानल एन्टिना टिभीको विभिन्न हाँस्य सृंखलामा उनी व्यस्त छिन् । कथाको माग अनु्सार अभिनयमा जस्तोसुकै सिनपनि दिनसक्छु भन्ने कुलुंग सेक्सलाई जीवनको सबैभन्दा महत्वपूर्ण पाटोको रुपमा औल्याउँछिन् । उनी भन्छिन् सेक्स विना मानव जीवन सून्य छ ।_mg_7974


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!