समाज रुपान्तरणमा योग शिक्षाको भूमिका महत्वपूर्ण

- September 22, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । समाज रुपान्तरणमा योग शिक्षाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ ।

पतञ्जली योग पीठ काठमाडौँ–२, सुन्दरीजलको आठौँ वार्षिकोत्सव कार्यक्रमका सहभागीले समाज रुपान्तरण गर्न स्वस्थ मनको आवश्यकता पर्ने भएकाले नियमित योग अभ्यासबाट मन र शरीर दुवै स्वस्थ हुने धारणा राखे ।

सांसद रामेश्वर फुयाँलले समाज रुपान्तरण गर्ने जनशक्ति निर्माणका लागि नियमित योग अभ्यास गराउने केन्द्रको स्थापना गरिनुपर्ने बताए ।
नेपाल संस्कृत विश्वविद्यालय वेद विभागका पूर्व प्रमुख प्रा डा ऋषिराम पोखरेलले वैदिककालदेखि मानिसको मन र शरीर दुवैलाई शान्त बनाउन योग प्रभावकारी माध्यम सिद्ध हुँदै आएको सुनाए ।

सो अवसरमा ७० वर्षमाथिका नियमित योग अभ्यास गर्नुहुने माधव खड्का र शङ्कर बम्जन एवम् योग अभ्यास गराउनुहुने शिक्षक वसन्त अर्याललाई सम्मान गरियो ।

काठमाडौँको उत्तर पूर्वी भेगको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका सुन्दरीजल, नयाँपाटी, गागलफेदी, आलापोट, भद्रवास, डाँछीलगायत स्थानका व्यक्तिले बिहान ५ बजेदेखि ओखरेनी माध्यमिक विद्यालयको खुला चौरमा योग अभ्यास गर्दै आएका छन् । नियमित योग अभ्यासबाट सुखी जीवन बाँच्न सहयोग पुगेको उनहरुको भनाइ छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!