तीव्रखबर समाचार प्रभाव : रणमुक्तेश्वरको विवादमा स्थानीयको चासो

- September 21, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । न्यूरोडमा रहेको रणमुक्तेश्वर मन्दिर जीर्ण उद्धार समितिमा भैरहेको अनियमितताका सम्बन्धमा तीव्रखबरले समाचार संप्रेषण गरेपछि उक्त विषयलाई गम्भिर रुपमा लिएका स्थानीयवासीहरुले एक भेलाको आयोजना गरि संस्था र मन्दिर व्यवस्थापनलाई चासो दिएका छन् ।

ranamukteउक्त मन्दिरको संरक्षण एवं जीर्ण उद्धारका नाममा स्थापना भएको रणमुक्तेश्वर संरक्षण तथा जीर्ण उद्धार समितिले मन्दिर परिषरको पसल कवलहरुबाट मासिक लाखौं रुपैयाँ भाडा अशुली गर्दै आएको र आफुखुसी खर्च गर्दै अनियमितता गरेको भन्दै तीव्रखबरले समाचार प्रकाशन गरेपछि यसरी स्थानीयबासीहरुले चासो दिँदै समितिको कृयाकलापलाई निगरानी गर्न थालेका हुन् ।

ranaoरणमुक्तेश्वर मन्दिर ग्ठी संस्थानको अधिनमा रहेको र त्यसको संरक्षण र जीर्ण उद्धारमा स्थानीयबासीहरुले संस्थानसंग सहकार्य गर्नुपर्नेमा त्यसो नगरेको भन्दै स्थानीयबासीहरु समितिका पदाधिकारीहरु प्रति रुष्ट हुन पुगेका छन् ।

रणमुक्तेश्वर मन्दिरको जीर्णउद्धारको नाममा स्थापना भएको समितिका संयोजक राजेन्द्रमान श्रेष्ठ र चिनीकाजी महर्जनको मिलेमतोमा अनियमितता हुने गरेको आरोप लाग्दै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!