सिटिसी मलमा मोवाइल एक्सपो :“सूचना प्रविधिको नयाँ आधार सबैका लागि सिटिसी मोबाइल बजार”

- September 21, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । राजधानीको सुन्धारास्थित सिटिसी मलमा नेपालकै सर्वाधिक ठूलो मोबाइल एक्स्पो आयोजना हुने भएको छ । मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ट सुबिधा सहितको मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो ।

विगत एक बर्षदेखि सञ्चालनमा रहेको सिटिसी मोबाइल बजारले विजयादशमीको अवसर पारेर मोबाइल पारखीहरुका लागि सामसुङ मोवाइल जे टु (सिक्स) सिटिसी मोबाइल एक्स्पो २०१६ आयोजना गर्न लागेको हो । असोज ७ गतेदेखि असोज १५ गतेसम्म आयोजना गर्न लागिएको सिटिसी मोबाइल एक्स्पो २०१६ को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) सामसुङ मोवाइल जे टु (सिक्स) मोबाइल रहेको छ ।

सिटिसी मोबाइल बजारले गर्न लागेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर (भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा हुनेछ । सिटिसी मोबाइल एक्स्पोको पावर्ड बाइमा कलर्स, जियोनी र लाभा मोबाइल रहेका छन् । यसैगरी मुख्य प्रायोजकमा ओविआई, स्पाइस, एम आई (स्याओमी), एपेक्स डिजिटल, जेटिई, सिजी, इन्टेक्स, रेज, केन्ट, हुवावे, यु.एम.आई. सिटिभि मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमा कार्वन पानासोनिक, टचकन, सेलम्याक्स, मेइजु मोबाइल र टाइम्स रेमिट योर्स मनी अन टाइम रहेका छन् ।

धेरै भन्दा धेरै मोबाइल कम्पनीहरुको साथ पाएको मोबाइल एक्स्पोको सपोर्टरको रुपमा माइक्रोम्याक्स, सिटिसी मल, लाभाजा, ट्रेण्डसेटर, ग्लोरियस स्पा, सिने डि सेफ र एनसेल रहेका छन् । एक्सपोलाई जनता मिडिया नेटवर्कले मिडियाका रुपमा सघाएको छ । एकै छाना मुनि डेढदर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसुङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई, ओबिआई स्पाइस र जोप्पो मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् । साथै कलर्स, जोप्पो र लक्ष्मी गु्रपद्वारा प्रवद्र्वित मोबाइलको सर्भिस सेन्टर चाँडै नै खुल्दैछन् भने केही नयाँ मोबाइल ब्राण्डका सर्भिस सेन्टरहरु पनि खुल्ने तरखरमा छन् । यसरी मोवाइल वजार र सर्भिस सेन्टरहरुलाई एउटै मलमा व्यवस्थित गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्न सिटिसी मोवाइल वजारको सिंगो टिम अहोरात्र खटिरेहको छ । यस कार्यलाई अझ बढी प्रचार प्रसार गर्न तपाईहरुको अमूल्य योगदानको समेत अपेक्षा गर्दछौं । ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल सेटको कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध हुनेछ । त्यसका अतिरिक्त केही कम्पनी मार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

एक हप्तासम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको छ । साथै फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिनेछ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन ६ जना लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर पनि प्रदान गरिने छ । त्यसका लागि अवलोकनकर्ताले एक्स्पोमा एउटा फारम भर्नुपर्नेछ । बेस्ट सेल्फी अवार्ड र विभिन्न मोबाइल सम्बन्धी क्रियाकलापहरु गरी थुपै्र मोबाइलहरु पुरस्कार स्वरुप प्रदान गरिनेछ । यस एक्स्पोमा हरेक दिन अफरमा भारी छुटका साथै हरेक दिन लक्की ड्र मार्फत भाग्यशाली अवलोकनकर्ता र खरीदकर्ताहरुलाई प्रत्येक दिन ५ जनालाई मोबाइलका साथै क्यास रिवेट भौचर जसमा २५०० देखि १०००० खरिद भौचरहरु प्रदान गरिनेछ । यसै एक्स्पो मार्फत दशैं तिहारको अवसरमा फेस्टिभ अफरको पनि शुरुवात गरिनेछ जसमा यस एक्स्पोदेखि दशैं तिहार र छठसम्म यस सिटिसि मोबाइल बजारमा स्मार्टफोन खरिद गर्ने भाग्यशाली विजेतालाई लक्की ड्र मार्फत बम्पर उपहार होण्डा हर्नेट मोटरसाइकलका साथै टिभी, फ्रिज, भ्याकुम क्लिनर, रुम हिटर, वासिङ्गमेशीन र मोबाइलहरु प्रदान गरिनेछ । मोबाइल एक्स्पोमा आधुनिक प्रविधिका मोबाइल, ट्याबलेट र एसेसरिजको बिक्री बितरण गरिनेछ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको क्बmकगलन ःयदष्भि व्द्द९ट० मा ३ लाखभन्दा बढी अवलोकन कर्ता आउने बिश्वास आयोजकले लिएको छ ।

तथ्यांकमा मोबाइल
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा १८ अर्ब १९ करोड ७६ लाख ८५ हजार ९ सय ७२ रुपैंयाँ मुल्य बराबरका ४९ लाख ९० हजार ९ सय ४२ वटा मोबाइल सेट भित्रिएका थिए । यो संख्या तीन बर्ष अघि अर्थात आर्थिक वर्ष २०७०÷७१ को भन्दा १८३ दशमलब ७३ प्रतिशतले बढि हो । सो आर्थिक वर्षमा जम्मा ९ अर्ब ९० करोड ५४ लाख ४ सय ५६ रुपैंयाँ मुल्यका ३१ लाख २२ हजार ४ सेट मोबाइल नेपाल भित्रिएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७१÷७२ मा १३ अर्ब ४ करोड ४० हजार २ रुपैंयाँ मुल्यका ३८ लाख ९१ हजार ६ सय २० वटा मोबाइल आयात गरिएका थिए । नेपाल दुर सञ्चार प्राधिकरणले गत जेठ मसान्तसम्ममा दुई करोड ९४ लाख ८९ हजार ७ वटा मोबाइलका सिम सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!