नक्सापासमा महानगर कर्मचारीको चर्काे बार्गेनिङ

- September 21, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । जिल्लाका अधिकाशं भवनहरु नक्सा विपरीत निर्माण भएको भन्दै काठमाडौं महानगर पालिकाले सम्पन्नताको परिचयपत्र अनिवार्य लिनुपर्ने प्रावधान ल्याएसंगै अहिले कर्मचारी र घरधनीबीच चर्काे रकम बार्गेनिङ हुने गरेको पाइएको छ ।

निर्माण भएका अधिकांश भवन नक्सा विपरीत रहेको हुँदा काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या भएको छ । यसरी समस्या भएपछि घरधनी र नक्साकासाथमा सम्पन्नताको प्रमाणपत्र दिने कर्मचारीबीच चर्को बार्गेनिङ भैरहेको बुझिएको छ ।

कामपाले गत असोजदेखि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेसँगै प्रमाणपत्र लिनका लागि प्रशस्तै मात्रामा निवेदन आउने गरेको भए पनि कामपाका अधिकांश भवन मापदण्ड विपरीत निर्माण भएकाले प्रमाणपत्र दिन समस्या भएको नक्सापास महाशाखा प्रमुखले जानकारी दिएका छन् ।

प्रमाणपत्र लिन महानगरले तोकेको मापदण्डानुरुप भवन निर्माण गरी एक वर्ष्भित्र महानगरमा प्रमाणपत्र लिनका लागि निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ । हाल दैनिकजसो २०÷२५ निवेदन प्रमाणपत्र लिनका लागि आउने गरे पनि चाररपाँच नियमानुरुप निर्माण भएको हुने हुँदा तिनले मात्र सम्पन्न प्रमाणपत्र पाउने गरेका छन् ।

महानगरपालिकाले निर्माण सम्पन्न प्रमाणपत्र नलिँदा बत्ती, बिजुली, बैंकबाट ऋण लिने लगायतको सुविधामा कटौती गर्ने र प्रमाणपत्र नभएकाहरुको घरका लागि बिमा नगर्ने निर्णय समेत बिमा समितिले निर्णय गरेको छ ।

कामपाका ८० प्रतिशत घर नक्सापासभन्दा विपरीत बनाइएको थापा बताउनुहुन्छ । पचासी प्रतिशत घरले निर्माण सम्पन्न प्रमाणपत्र नलिएको कामपाले जनाएको छ । उपत्यकामा प्रशासनले तोकेअनुसारको खाली ठाउँ नराख्ने, कम तलामा नक्सापास गरेपछि तला थप्ने जस्ता मापदण्ड विपरीत बनाइएका घरको बाहुल्य छ, उनले भने । निर्माण सम्पन्न प्रमाणपत्र नलिने प्रवृत्तिले गैरकानुनी तथा मापदण्ड विपरीत भवन निर्माण गर्ने, ठेकेदारले तत्काल मुनाफाका लागि कमजोर निर्माण सामग्री प्रयोग गरी भवन बनाई बिक्री वितरण गर्ने लगायत जोखिमयुक्त कार्य भइरहेको हुँदा त्यस्ता कार्य रोक्न प्रमाणपत्र अनिवार्य गरिएको कामपाले जनाएको छ । विसं २०५० अघि निर्मित घरका लागि भने निर्माण सम्पन्न प्रमाणपत्र नलिए पनि महानगरपालिकाबाट प्राप्त हुने सेवा सुविधा घरधनीले प्राप्त गर्न सक्नेछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!