मृगौला प्रत्यारोपण समाजले दियो सरकारलाई चुनौती

- September 20, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । मृगौला डायलासिस तथा प्रत्यारोपण समाजका केन्द्रीय अध्यक्ष विचारी राईले जारी गरेको एक प्रेश विज्ञप्तिमा भनिएको छ – दोलखाको मालु गाविस वडा नं. ४ निवासी १९ वर्षिय विजय खडकाले सरकारको वेवास्ताको कारण अनाहकमा आत्महत्या गरेको भनी प्रेस बिज्ञप्ति जारि गरेको छ ।

त्रि।वि। शिक्षण अस्पताल महारागंजमा मृगौला रोगबाट पीडित विजय,डाइलासिस गराइ रहेकोमा, उपचार खर्च अभाव भएपछि, अस्पतालकै तिन तलामाथिबाट हाम फालेर आत्महत्या गरेका थिए ।

आर्थिक सम्पन्न र पहुचहुनेहरु, देशको ढुकुटी बाटै, करोडौ रकम खर्चिएर युरोप अमेरिका उपचारको लागि जाने गर्छन । तर पहुच नहुने, देशका जनताहरु सिटामोल खान नपाएर अनाहकमै ज्यान गुमाई रहेकाछन ।

ठुला ठुला आस्वासन र भाषण मात्र दिने यो देशका नेताहरु, जुन सुकै पाटी वा सरकारका भए पनि जनताको लागि हर्ष न विस्मतको हुने गरेको छ ।

नाम मात्रको सरकारी हस्पिटलहरुले पनि उपचारको बहानामा, हस्पिटल भित्र औषधि छैन भन्दै , आफुले चिनेजानेको औषधि पसलमा सिफारिस गर्ने गरेका हुन्छन ।

यहा प्रश्न उठ्छ, के मान्छेहरु दुइ थरिका हुन्छन रु एक थरिकाले उपचार गरेर भोग विलास ऐस आराम गर्नु पाउने, अर्को थरिकाले उपचार अभावमा मृत्युलाई टुलुटुलु हेरी रहनु पर्ने रु किन समानता छैन यो देशमा रु के, मन्त्रि, उद्योग, व्यापारी, टाठा बाठाको  मात्रै हो यो देश रु नेता मन्त्रीले मात्रै यो देश चल्छ रु जनता बिना नै यो देश चल्छ भने, भन्नु केहि छैन । नत्र समानता र समुन्नत हुन जरुरि छ । सबैले उपचार पाउनु पर्छ । बाच्नु पाउने अधिकार सबैको हुन्छ  ।

खड्काको आत्महत्या प्रकरण एउटा प्रतिनिधी पात्र घटना मात्र हो, यस्तो घट्नाले न सरकारलाई कहिले गम्भिर बनायो रु न त देशमा कुनै परिवर्तन नै भयो । यस्ता विजय खड्काहरु देशमा धेरै छन् । अझ पनि यो देशमा , चाकरी चाप्लुसी, घुसखोरी चलि रहने हो भने लाखौ विजय खड्काहरु आत्महत्या गर्नेछन । मृगौला डायलासिस तथा प्रत्यारोपण समाजका केन्द्रीय अध्यक्ष राईको हस्ताक्षरसहतिको जारी विज्ञप्तीमा उल्लेख छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!