दुई विद्यालयमा सिलिन्डर बम विस्फोट, ठाउँ, ठाउँमा शङ्कास्पद वस्तु भेटिए

- September 20, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । राजधानीको बौद्ध क्षेत्रमा रहेका दुई विद्यालयको ढोकामा आज बिहान बम विस्फोट भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बौद्धमा रहेका आकाशद्वीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सिलिन्डर बम विस्फोट भएको हो । सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएको र विस्फोटका कारण कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए ।

यसैगरी बौद्ध क्षेत्रमै रहेको इस्टपोल एकेडेमी, एम्बेस्ड एकेडेमी, राई स्कुल र बालसंसार स्कुलमा शङ्कास्पद वस्तु भेटिएको थियो । ती वस्तु बम नभएको पुष्टि भएको छ । बम र शङ्कास्पद वस्तु राखिएका स्थानमा योंग कम्युनिस्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र लेखिएको पर्चा भेटिएका छन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!