प्रेम आँशुको भेल र मृत्युको बाटोको खेल हो -मोडल लक्ष्मी

- September 19, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । २०५२ सालमा तनहुँ जिल्लाको पुर्कोट वडा नं। ७ मा जन्मिएकी लक्ष्मी पोखरेल विगत तीनवर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा संघर्ष गरिरहेकी छिन् । ७१ सालको सुरुवातमा नै काठमाडौं हानिएकी लक्ष्मी सुरुसुरुमा दोहोरी साँझमा गीत गाउँदै आफ्नो कलालाई प्रष्फुटन गराउन तल्लिन भइन् । यसै क्रममा चर्चित गायक राजु परियार र विष्णु माझीको स्वरमा रहेको गीत ‘तस्विर साटेको’ बोलको गीतमा पहिलो पटक मोडेलिङ गर्ने अवसर प्राप्त गरिन् ।

laxmi2कला क्षेत्रमा शिखरको सिंडी चढदै गरेकी लक्ष्मीले यसै क्रममा  ‘नगर्नु है घात, नभन है घाती मायालु, यो मुटुमा तिमीले गोली हान्यौ’ लगायत आधा दर्जन भन्दा बढी म्यूजिक भिडियोमा मोड्लिङ गर्न भ्याई सकेको बताउँछिन् । त्यसो त भविश्यमा एउटा राम्रो गायिका र चर्चित मोड्ल बन्ने सपना बोकेकी लक्ष्मी तीन वर्षको संघर्षशिल यात्रामा धेरै तिर भैतारिएको र हण्डर खाएको बताउँछिन् । आफै शब्द सृजना गर्न सिपालु उनी कर्णप्रिय श्वरकी पनि धनि छिन् । प्रेममा धोका खाएर होला प्रेमलाई ‘आँशुको भेल र मृत्युको बाटोको खेल’को रुपमा परिभाषित गर्छिन् ।

सेक्सलाई मानव जीवनको अपरिहार्य  आवश्यकता मान्ने लक्ष्मी अवसर पाए, ठूलो पर्दाको चलचित्रमा पनि कथाको माग अनुसार सिन दिन पछि नपर्ने दृढता व्यक्त गर्छिन् । सेक्सको विषयमा खुलेरै कुरा गर्दै लक्ष्मीले भनिन् – ‘शुरुमा सरम लागेपनि विस्तारै बानी परेपछि स्वर्गिय आनन्दको अनुभूति हुन्छ होला ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!