चौतार्फी घेराबन्दीमा एमडी घिसिङ

- September 18, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्राधिकरणका विभागीय प्रमुखद्वारा बैठक बहिस्कार/

काठमाडौं । काँग्रेस माआबोदी केन्द्र सहति केही साना दलको नेतृत्वमा गठन भएको पुष्पकमल दाहालको सरकारले केही दिन अधिमात्र नियुक्त गरिएका विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आफ्नै कर्मचारी संघ/संगठनकै घेराबन्दीमा परेका छन् । कनिष्ठ कर्मचारीका रुपमा रहेका घिसिङलाई उर्जामन्त्री जनार्दन शर्माको ठाडो आदेशमा तत्कालिन प्रमुम मुकेश काफ्लेलाई राजीनामा दिन बाध्य बनाएर रिक्त हुनपुगेको सो पदमा घिसिङलाई नियुक्त गरेकोगत विहिबार बसेको मन्त्रीपरिषद्को बैठकले नियुक्त गरेसंगै प्राधिकरणमा कर्मचारीहरु आन्दोलित भएका थिए।

घिसिङलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेपछि  प्राधिकरणका विभागीय प्रमुखहरु असन्तुष्ट बनेका हुन। आफूभन्दा जुनियरलाई ऊर्जामन्त्रीले जबर्जस्ती कार्यकारी निर्देशक बनाएको भन्दै विभागीय प्रमुखहरुले बैठक नै बहिस्कार गरेर घिसिङलाई प्रबन्ध निर्देशकको रुपमा नमान्ने समेत चेताबनी दिएको एक कर्मचारीले बताए ।

निर्देशक घिसिङले आइतबार बिहान १० बजेका लागि कर्मचारी बैठक बोलाएका थिए । सो बैठकमा ७० प्रतिशत विभागीय प्रमुखहरु सहभागी भएनन् । ‘ प्राधिकरणमा ८ वटा निर्देशनालय छन्, जसको नेतृत्व उपकार्यकारी निर्देशकले गर्छन् । आइतबारको बैठकमा ३ जना कायम मुकायम उपकार्यकारी निर्देशक, शान्तिलक्ष्मी शाक्य, लेखनाथ कोइराला, जगदिश्वरमान सिंहमात्रै उपस्थित थिए ।
बैठकमा उत्पादन निर्देशनालयका प्रमुख शेरसिंह भाट, तनहुँ हाइड्रोपावरका प्रमुख सुनिल ढुंगेल, प्रसारण निर्देशनालयका प्रमुख कनैया मानन्धर, उपस्थित भएनन् । त्यसैगरी, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख सुरेन्द्रराज भण्डारी, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख गोपालबाबु भट्टराई र इन्जिनियरिङ निर्देशनालयका प्रमुख राजिव शर्मा उपस्थित भएनन् ।
आफैले बोलाएको बैठकमा ‘कर्मचारीहरु उपस्थित नभएपछि आफ्नो लाज ढाक्ने उदेश्यले उनले भने,‘मिटिङ हो, सधैं सबै उपस्थित  हुनैपर्छ भन्ने पनि छैन ।’ कामू उपकार्यकारी निर्देशक ११ तहका हुन् भने उपकार्यकारी निर्देशकहरु १२ तहका कर्मचारी हुन् । घिसिङ यसअघि निर्देशक मात्रै थिए । प्राधिकरणको कर्मचारी सेवा निनियमावली २०६५ अनुसार कुनैपनि निर्देशक उपकार्यकारी निर्देशकमा बढुवा हुन ३ वर्ष लाग्छ । तर, घिसिङ निर्देशक भएको २ वर्षमात्रै भयो ।घिसिङले शुक्रबारदेखि कार्यभार सम्हालेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!