फ्लोरिकल्चर एशोसिएसनको अध्यक्षमा कसजु विजयी

- September 14, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को अध्यक्षमा कुमार कसजु श्रेष्ठ निर्बाचित भएका छन् । सो संस्थाका उपाध्यक्ष समेत रहेका कसजु अध्यक्षमा निर्बाचित भएका छन् । फ्यानको २४ औं साधारण सभामा भएको निर्बाचनमा कसजुले संजिब कार्कीलाई ४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा दिलिप बादे, उपाध्यक्षमा रामजी तिमिल्सेना र सचिबमा बिश्वमणि पोखरेल बिजयी भएका छन् । उपाध्यक्ष र सचिब पद भने निर्बिरोध भएको थिए । लामो समय फ्लोरिकल्चर एशोसिएसनमा उपाध्यक्ष तथा मेला संयोजक बनेर काम गरेका कसजुले काठमाडौं नर्सरी मार्फत आफ्नो व्यवसायलाई उत्तिकै रुपमा सफल बनाएका छन् ।
आन्तरिक कारण देखाएर निवर्तमान अध्यक्ष लोकनाथ गैरेले अध्यक्ष पदबाट राजीनामा दिएपछि फ्यानले लामो समय नेतृत्व पाउन सकेको थिएन । फ्यानको नयाँ बिधान अनुसार यो पटक बरिष्ठ उपाध्यक्ष र सचिब पद थपिए पछि १३ सदस्यीय कार्यसमितीले पूर्णता पाएको छ ।
फ्यानको अध्यक्ष निर्वाचत भएपछि कसजुले पुष्प व्यवसायको विकास विस्तार तथा व्यवसायीको हकहितका पक्षमा उल्लेख्य काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले फुलको आयात घटाउँदै आत्मनिर्भरताको बाटोमा अघि बढाउनु आफ्नो मुलकार्यभार भएको समेत बताए ।
उद्घाटन सत्रमा कृषि बिकास मन्त्री गौरीशंकर चौधरीले दुई महिनाभित्रै किसान आयोग गठन गर्ने घोषणा गरेका थिए । उनले कृषि क्षेत्रको विकासका लागि किसान आयोग गठन गर्न लागेको बताए  ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले फुलको निर्यातमा ध्यान दिनु पर्ने धारणा राखेका थिए । उनले थोरै फुल आयात गरेर महंगा तथा गुणस्तरिय फुल निर्यातमा फ्यानले जोड दिनुपर्ने धारणा राखेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!