सेप्टेम्बर ११ कोघटनालाई यसरी सम्झिदैछन् बाराक ओबामा

- September 11, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वासिङटन । अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ भएको आतङ्ककारी आक्रमणमा मारिएका करिब तीन हजार व्यक्तिको स्मरणसभामा अमेरिकी राष्ट्रपति बाराक ओबामा सहभागी हुने भएका छन् ।

अमेरिकाको न्यूयोर्क सहर, पेन्सिल्भानिया र पेन्टागनमा १५ वर्ष अगाडि आतङ्कवादी समूह अलकायदाले एकपछि अर्को गर्दै गरेका आक्रमणमा करिब तीन हजार अमेरिकीको निधन भएको थियो ।

अमेरिकी राष्ट्रपति ओबामाले आइतबार ह्वाइट हाउसमा बिहान ०८ बजेर ४६ मिनेटको समयमा एक मिनेट मौनधारण गरी सेप्टेम्बर ११ आक्रमणको कालो दिनलाई स्मरण गरी मृतकप्रति सम्मान गर्ने कार्यक्रम रहेको छ ।

सेप्टेम्बर ११ मा आतङ्ककारी समूहले विमान अपहरण गरी न्युयोर्क सहरमा रहेको वर्ड टे«ड सेन्टरमा आक्रमण गरेको थियो ।

राष्ट्रपति ओबामाले न्यूयोर्क सहर, पेन्सिल्भानिया र पेन्टागनमा मारिएका सबै व्यक्तिको स्मरणमा सम्बोधन गर्ने बताइएको छ ।

तीन हजार अमेरिकी नागरिकको ज्यान जाने गरी आक्रमण गर्ने अलकायदाका तत्कालीन प्रमुख ओसामा विन लादेनलाई पाकिस्तानमा लुकीछिपी बसेको अवस्थामा अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका थिए । करिब एक दशकपछि सन् २०११ को मेमा लादेन मारिएका थिए ।

सेप्टेम्बर ११ को पूर्वसन्ध्यामा राष्ट्रपति ओबामाले अमेरिकी आतङ्कवाद र अलकायदा, इस्लामिक स्टेट समूहलगायतका आतङ्कवादी समूहले मध्यपूर्व र पश्चिमा मुलुकमा सञ्चालन गर्दै आएका आन्दोलनप्रति कठोर रहने प्रतिवद्धतासमेत जाहेर गरेका छन् । रासस÷एपी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!