मलेसियामा ट्याक्सीको ठक्करबाट एक नेपाली यूवकको मृत्यु

- September 11, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-प्रदिप पंगेनी मलेसिया
मलेसियामा सवारी दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ । मलेसियाको जोरबारुमा सवारी दुर्घटनामा परेर  शनिबार राती एक नेपाली युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रोजगारीको लागि मलेसियामा कार्यरत पाँचथर मेमेङ ५ का २४ वर्षिय विक्रम राई रहेका छन् । हिजो राती उनी काम गरेर कोठा फर्कने क्रममा उनको हिजो अगस्त १० तारिक ११ बजे राती ट्याक्सीको ठक्कर बाट मृत्यु भएको उनका साथी सोमनाथ सुवेदीले जानकारी दिए ।

मृतकसंगै कार्यरत साथीहरु दर्नाल हेम र अमन कुमारबाट जानकारी दिए अनुसार उनी अत्यन्तै मिलनसार थिए । उनको चाँडो शव नेपाल लैजान सहज प्रक्रिया बनाईदिन परिवारजनले राजदूतावास सित आग्रह गरेका छन् । ५ वर्ष अघि नै वैदेशिक रोजगारीमा आएका उनी आउँदो अक्टोबर १ तारिकमा नेपाल जाने तयारीमा थिए ।

पछिल्लो केही दिनमै मलेसियामा दुर्घटना र सुतेकै अबस्थामा मृत्यु हुने नेपालीको संख्यामा ह्वात्तै वृद्धि भएको छ । मलेसियामै  विभिन्न कारणले मृत्यु भएका नेपालीको शब सजिलोसंग नेपाल लाने ब्यबस्था नहुदा महिनौ देखि शब अलपत्र परेका छन् । यस तर्फ पनि सहज प्रक्रिया बनाउन र अलपत्र परेका शब र नेपालीहरुको बारेमा मलेसिया स्थित नेपाली दूतावास र नेपाल सरकारको बेलैमा ध्यान जानु जरुरी भैसकेको मलेसियामा बस्दै आएका नेपालीहरुको धारणा छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!