भारतमा तनाव, सेनाको कारवाहीमा चार आतङ्ककारी मारिए

- September 11, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नयाँदिल्ली । भारत अधिनस्थ काश्मिरमा भारतीय सेनाको कारबाहीमा परी आइतबार चार जना आतङ्ककारीको मृत्यु भएको रक्षा मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

पाकिस्तानसँगको सीमा क्षेत्रमा सीमा पार गर्न खोज्नेलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा परी ती आतङ्ककारी मारिएका भारतीय सेनाका एक अधिकारीले जानकारी दिएका छन् ।

काश्मिरको कुपवारा जिल्लामा भारतीय सेनामाथि गोली प्रहार गरेपछि जवाफी कारवाही गरिएको सेनाका अधिकारीले बताएका छन् ।

पुन्च जिल्लामा भएको अर्को एक छुट्टै घटनामा एक प्रहरीको मृत्यु भएको छ भने दुई जना व्यक्ति घाइते भएका छन् ।

सो जिल्लामा सुरक्षा फौज र लडाकुबीच झडप भएपछि यो घटना भएको हो ।

काश्मिरमा भएको सीमा विवादका कारण ६५ वर्ष यता भारत र पाकिस्तानबीच तीन ठुला युद्ध भएका छन् ।

भारत अधिनस्थ काश्मिरमा विगत केही समयदेखि भएको आन्दोलनका क्रममा ७० जना स्थानीय नागरिकको मृत्यु भइसकेको छ ।

यसैक्रममा दुइजना प्रहरीले समेत ज्यान गुमाएका बताइएको छ । रासस/सिन्ह्वा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!