चाडपर्वलाई लक्षित गरी बजार पसल खुल्ला

- September 11, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पाँचथर । प्रत्येक शनिबार बजार पसल बन्द हुँदै आएको पाँचथरको सदरमुकाम फिदिमबजार अब भने खुल्ला हुने भएको छ ।

चाडपर्व नजिकिएका बेला किनेमेल गर्न सहज होस् भनेर तिहारसम्मलाई बजार खुल्ला गरिएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष मित्रप्रसाद काफ्लेका अनुसार प्रत्येक शनिबार हाटबजार लाग्ने र त्यस वजारमा प्रायःजसो गाउँबाट किसान आउने हुँदा उनीहरुलाई दसैँ–तिहारमा सामान किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले शनिबार पनि बजार खुल्ला गरिएको हो ।

शनिबार पनि बजार खुल्ला हुने भएपछि उपभोक्ता तथा स्थानीयवासीले पनि सहज महसुस गरेको राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष तुम्याङ नेम्बाङले जानकारी दिए । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!