यसरी प्राप्त गर्नुहोस् स्मार्ट फोन उपहार

- September 10, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ आयोजना भएको छ । यही अवसरमा तीव्रखबर डटकममा प्रकाशित (बक्स एड हेर्नुहोस्) उक्त विज्ञापनको प्रिन्ट प्रति लिएर जाने उपभोक्ताहरुमध्ये दुई जनाले लक्की ड्रबाट उपहार प्राप्त गर्न सक्नेछन् ।

अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्स तथा मलले आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासहित मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो ।

यहि गत २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने महोत्सवको बारेमा कम्प्लेक्सले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । पत्रकार सम्मेलनमा कम्प्लेक्सका पदाधिकारीहरुका साथै मलका लगानीकर्ताहरुको उपस्थिती रहेको थियो ।

ललितपुर मोबाइल कम्प्लेक्स तथा ललितपुर मलले यसअघि पनि भव्यरुपमा मोबाइल एक्स्पो सम्पन्न गरेको अनुभव रहेको छ ।

mobile-expo-1

यो विज्ञापनको प्रिन्ट गरी मोबाइल एक्स्पो अवधिभर उपहारमा भाग लिनुहोस् ।

पत्रकार सम्मेलनमा बोल्दै ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ललितपुर जिल्लालाई केन्द्रमा राखेर नेपालभरीका मोबाइल प्रेमी तथा खरिदकर्ताहरुका लागि मोबाइल एक्स्पो गर्न लागेको जानकारी दिए । यस एक्स्पोमा हरेक मोबाइल खरिदकर्ताहरुले हात खाली नजाने उपहार प्राप्त गर्नेछन् । उनले भने, हामीले मोबाइल एक्स्पोको अवसर पारेर न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा राखेका छौं ।

कार्यक्रममा बोल्दै ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले यस क्षेत्रको आर्थिक र व्यवसायीक विकास गर्न मलले प्रयास गरिरहेको भन्दै मलमा आउने हरेक ग्राहकहरुलाई नयाँ नयाँ सुविधाहरु प्रदान गरिरहेको बताए । उनले मलले आगामी दिनमा अत्याधुनिक सुविधासहितको सिनेमा हल, नेपालमा नै पहिलो पटक लिफ्टबाट पार्किंग गर्ने पार्किंग स्पेस बनाउने योजनाहरु रहेको जानकारी दिए ।

भदौ २४ गतेदेखि आयोजना हुने मोबाइल एक्स्पोमा हरेक ग्राहकहरु उपहार योजनामा सहभागी हुन पाउनेछन् । एक्स्पोको अवधिभर हरेक आगन्तुकले प्रवेश शुल्कको समयमा लक्की ड्र प्राप्त गर्नेछन र त्यसको आधारमा लक्की ड्रबाट दैनिक ३ जनालाई उपहार दिईनेछ ।

एक्स्पोको अवधिभर नेपालमा भित्रिने विभिन्न नयाँ मोबाइल ब्राण्डहरु तथा नयाँ मोडलहरु पनि सार्वजनिक गराउने योजना राखिएको छ । यसले ग्राहकहरुले बजारमा आएका नयाँ फोनहरुको बारेमा जानकारी लिन सक्नेछन् । कम्प्लेक्सबाट सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिने छ भने नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गरिनेछ । त्यसैगरी हरेक प्रकारका ग्याजेट्स तथा एसेसरिजपनि उपलब्ध हुनेछ । कम्प्लेक्समा आधुनिक प्रविधिसहितको मोबाइल रिपेयर सेन्टर संचालनमा छ जहाँ छिटो र ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्ने गरि मोबाइल मर्मत गरिनेछ ।

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । असोज ३ गतेसम्म आयोजना हुने यो मोबाइल कम्प्लेक्समा न्यूनतम रु ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ ।

मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!