खन्जना नाच लोपोन्मुख अवस्थामा

- September 7, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गुल्मी । गुल्मीको नेटा–५ बसेनीमा रहेको खन्जना नाच उचित संरक्षणको अभावमा लोपोन्मुख अवस्थामा पुगेको छ ।

विशेषगरी तीजका अवसरमा तीजको दिन र ऋषिपञ्चमीको दिन मात्र गाउने र नाचिने खन्जना नाचको उचित संरक्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको समाजसेवी ढालबहादुर बोहोराले जानकारी दिए । खन्जना नाच तीजका अवसरमा मात्र गाउने र नाच्ने तर अघिपछि खन्जनाको खासै वास्ता नगर्ने भएकाले यो खन्जना बिस्तारै ओझेलमा पर्न थालेको बोहोराले बताए ।

साथै, बोहोराले मगर समुदायमा केन्द्रित परम्परागत खन्जना नाँच पुरानो संस्कृति भएकाले जिल्लाकै एकमात्र ठाउँ नेटामा रहेको बताउँदै हालसम्म जिल्लाका अन्यत्र कतै ठाउँमा खन्जना नभएको दाबी गरे ।

बोहोराले भने, “लोपोन्मुख खन्जना नाचलाई युवा पुस्ताले संरक्षणमा ध्यान दिनुपर्ने भन्दै यसको संरक्षणमा राज्यले पनि भूमिका खेल्नुपर्ने बताए । खन्जना नाचमा देवीदेवता र समसामयिक परिवेशका गीत महिला र पुरुषले दोहोरीजस्तै गरी गाउने र सामूहिक नाच्ने गरिन्छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!