राईको उपचारमा रु पाँच लाख सहयोग

- September 6, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । सरकारले ‘पराधाविका’(अल्ट्रा रनर) मीरा राईको उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिस बमोजिम अर्थ मन्त्रालयले राईलाई उक्त रकम दिने निर्णय गरेको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए । उनले भने – “अब बस्ने मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गरेपछि मीराले उक्त सहयोग रकम पाउनुहुनेछ ।”

हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी राई अहिले इटालीको भेरोना अस्पतालमा उपचार गराइरहेकी छिन् । नेपाली चेली राई गत वर्ष फ्रान्समा आयोजक सहित इटाली, स्पेन जस्ता देशका चर्चित धाविकलाई पछि पार्दै महिलातर्फको ८० किमी मोन्ट ब्लक म्याराथुनमा विश्व च्याम्पियन बनेकी थिईन् ।
उनी माओवादीका पूर्वअयोग्य लडाकु पनि हुन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!