चौहानको खुड्किलो : म्यूजिक भिडियोदेखि चलचित्रसम्म

- August 29, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कलाकारिता क्षेत्रमा लाग्ने सौख युवापुस्ताका धैरैमा हुनेगर्छ । त्यसमा कति आउँछन् कति हराउँछन् । तथापि यस क्षेत्रमा नै दिगो रुपमा सक्रिय हुुनेहरु मध्ये थोरै नै व्यक्रि सफल भएका छन् । यस्तै सफलताको सम्भावना बोकेर मोड्लिंग क्षेत्रबाट ठूलो पर्दाको चलचित्रमा समेत अभिनय गर्ने अवसर प्राप्त गर्ने युवा हुन् प्रल्हाद चौहान ।

कलाकार चौहान ताप्लेजुंगमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै कलाकारितालाई आप्mनो पेशा बनाउँन तल्लिन छन् । २०६७ सालदेखि मोडलिंगमा जम्दै आएका उनले हालसम्म तीन वटा म्यूजिक भिडियोहरुमा अभिनय गर्नुका साथै ठूलो पर्दाको चलचित्र सुपर डनमा समेत अनुवन्धित भैसकेको बताउँछन् ।

हालै बजारमा आएका दुई नंया एल्बमहरु क्रमशस् पुर्वका उदयमान गायक शम्भु नेउपानेको (लैजाउ मेरो मुटु)को क्षायाकनमा वैजोड अभिनय गरेर एकाएक एक सफल सेलिब्रेटी को रुपमा चर्चा कमाएका प्रलाद यस अघि पनि योग सुनुवारको आवजमा रहेको (तिम्रो नजरमा म आए), बोलको गितमा समेत आफ्नो लुकेको प्रतिभालाइ सफल र सबल रुपमा उतार्न निकै खप्पिस देखिएका छ्न ।

FB_IMG_1470550322874प्रतिभा भएर पनि पैसा नभएसम्म कलाकारितामा उदाउन नसकिने वर्तमान अवस्थाले उनलाई पनि छोडेन । प्रतिभा र अभिनयमा दख्खल चौहानले पनि शुरुमा खेलेको एक भिडियोमा केही पैसा लगानी गरेर नै यो क्षेत्रमा छिर्न पाएका हुन् । उनको अभिनय, क्षमता र प्रतिभा देखेपछि भने उनलाई अफर आउन थालेसंगै अहिले उनी ठूलो पर्दाको चलचित्रसम्म आइपुगेका छन् ।

आफ्नो मेहनत, लगनशिलता, नयाँपन दिँदै दर्शकहरुको मन जित्न सक्दा मात्र यो क्षेत्रमा सफल भइन्छ भन्ने बुझेका चौहान भन्छन्  दर्शहरुको हौशला, स्नेह, माया र सद्धभावले नै सफलताको खुड्किलो चढिरहेको छु । मलाई प्रेरणा दिनुहुने सबै आफन्त, परिवार, साथीसंगी र शुभचिन्तकहरुमा हृदयदेखि नै आभार प्रकट गर्दछु साथै तपाईहरुको साथ, सहयोग र माया सदा कारम रहन विश्वास लिएको छु ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!