संविधानको कार्यान्वयन गर्नुपर्नेमा जोड

- August 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधानले सबै जाति समुदायका अधिकारलाई संरक्षण गरेकाले यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन् ।

यहाँ आज आयोजित कार्यक्रममा ‘पहिचानको खोजी’ नामक कृति सार्वजनिक गर्दै सभामुख घर्तीले नेपालमा बसोबास गर्ने सबै जाति तथा समुदायको पहिचान नै समग्रतामा नेपाली पहिचान भएको बताईन् ।

उनले आदिवासी जनजाति महिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भका विषयमा २१ लेखकले सामूहिकरुपमा लेखेको उक्त पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

अधिकारकर्मी महेन्द्र लावती र शुभ घलेले पुस्तकको टिप्पणी गर्दै आदिवासी जनजाति महिलाको अवस्थाका बारेमा चासो राख्ने सबैका लागि पुस्तकले सहयोग पु¥याउने बताए ।

विसं २०१६ देखि २०७३ सम्मका आदिवासीका महत्वपूर्ण विभिन्न घटनाक्रमलाई पुस्तकमा समावेश गरिएको छ । इन्डिजिनिस मिडिया फाउन्डेसनले उक्त पुस्तक प्रकाशन गरेको हो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!