राज्यको ढुकुटी दोहन गर्दै राष्ट्रपति निवासमा भड्किलो तिज पार्टी (फोटो फिचर)

- August 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्व मुलुकको सुन्दर सांस्कृति धरोहर भएको बताएकी छिन् ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयद्वारा आज आयोजना गरिएको तीज तथा जितीया पर्व विशेष सांस्कृतिक कार्यक्रममा उनले नेपालको सांस्कृतिक विविधताले नेपालीबीच एकता कायम गर्न सफल भएको बताईन् ।

bidhya bhandari

राष्ट्रपति भण्डारीले भनिन्–“नेपालका चाडपर्व सुन्दर सांस्कृतिक धरोहर हुन्, जसले नेपालीबीचका एकतामा सुदृढ बगैँचाका रुपमा ल्याएको सफल भएको छ ।”

उनले चाडपर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, भाइचारा र मित्रताको सुभाष छाइरहेको छ र आगामी दिनमा पनि छाइरहनेमा आफू पूर्ण विश्वस्त रहेको बताईन् ।

राष्ट्रपति भण्डारीले देशमा मनाइने चाडपर्वले मुलुकको संस्कृति, कला वेशभूषा र कला संस्कृतिलाई समृद्ध बनाएको उल्लेख गर्दै उनले थपिन् – “नेपाली उर्भर माटोमा फलेका फुलेका सबै चाडपर्वमा आफ्नै मौलिकता तथा विशेषताहरु छन्, बदलिँदो परिवेशमा सबै प्रेरणादायी बन्न सकुन् ।”

rastrapati niwas

उनले नयाँ संविधान जारी भएपछि मुलुक नयाँ परिवेशमा प्रवेश गरको भन्दै संविधानले मार्गदर्शन गरेका सामाजिक आर्थिक रुपान्तरणमार्फत समतामूलक, न्यायपूर्ण, सुखी, सम्पन्न र शान्त नेपाली समाज स्थापना गर्नेमा सबै पक्ष कटिबद्ध हुन आग्रह गरिन् ।

rastrapati niwas2

राष्ट्रपति भण्डारीले विगतको समीक्षा गर्दै कमीकमीजोरी हटाउँदै असल र महान् कार्यका लागि यी चाडपर्वले हौसला प्रदान गरुन् भन्ने कामनासमेत गरिन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेतृहरु, कलाकारहरुको उपस्थित रहेको थियो ।

rastrapati niwas3

सो अवसरमा नेपाल सांस्कृतिक संस्थान, नेपाल निजामती कर्मचारी सङ्घ, सैनिक श्रीमती सङ्घ, प्रहरी परिवार श्रीमती सङ्घले तीजसँग सम्बन्धित विशेष सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!