अनाथ अपाङ बालबालिकालाई सहयोग

- August 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आफै अपाङ अशक्त भएर पनि अनाथ तथा सडक बालबालिकालाई पाल्दै आएको तिलबहादुर कार्कीलाई कापी कलम र किताब सहित नगद सहयो गरिएको छ । संयुक्त अपाङ एकता आबाज केन्द्र गोकर्ण काठमाडौंमा सञ्चालनमा रहेको सो सस्थामा आश्रय लिई रहेका बालबालिकालागि ताप्लेजुङको पाथिभरा असाय संस्थाले १० हजार रुपैयाँ सहयोग गरेको छ ।

व्यक्तीगत रुपमा  सुभद्रा मानन्धरले १ हजार ५ सय, पुर्ण लक्ष्मी मानन्धरले १ हजार ५ सय  र शिबदास मानन्धरले १ हजार ५ सय तथा कापी पेन्सिल तथा खानेकुरा सहयोग गरेका छन् । समाजमा अपहेलनामा परेका अनाथ अपाङ ४० जना बालबालिकालाई सो सस्थाले आश्रय दिदै आएको छ । उनीहरुले होटेल रेस्टुरामा खाने खर्च कटाएर यी बालबालिकालाई सहयोग गरे बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!